काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री ओलीले एमालेका २ र माओवादी केन्द्रका २ जनालाई थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् । यो सँगै ओली नेतृत्वको मन्त्रीमण्डल ७ सदस्यीय भएको छ । थपिएका मन्त्रीहरुमध्ये नेकपा एमालेका महासचिव इश्वर पोखरललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी एमालेकै डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाइएको छ । माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा अर्थमन्त्री बनेका छन् भने सोही पार्टीका नेता मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैबीच, नवनियुक्त चारै जना मन्त्रीहरुले पद तथा गोपनियतको सपथ लिएका छन् । राष्ट्रपति विद्या भण्डारीले सोमबार अपरान्ह राष्ट्रपति भवन सितल निवासमा नवनियुक्त रक्षामन्त्री पोखरेल, गृहमन्त्री थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र अर्थमन्त्री खतिवडालाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।
एमाले महासचिव पोखरेललाई प्रधानमन्त्री ओलीपछिको दोस्रो वरियतामा रहने गरी रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार १७:११