सुर्खेत, ९ फागुन । गत माघ २६ गतेदेखि नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ६ को आयोजनामा संचालन भएको प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सवले साढे १२ करोड बढीको कारोबार गर्दै मंगलवार सकिएको छ । १२ दिनसम्म संचालन भएको महोत्सवमा ३ लाख बढीले अवलोकन गरेको बताइन्छ ।
मंगलवार महोत्सवको समापन गर्दै मप विश्वविद्यालयका उपकूलपति प्रा.डा. उपेन्द्र कोइरालाले मेला महोत्सवले प्रदेशको आर्थिक गतिविधि लाई चलायमान बनाउने बताए । उनले प्रदेश समृद्धिका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने भएकोले सवैले प्रदेशको विकासका लागि आ–आफ्नो ठाउ“मा सहयोग गर्नुपर्ने बेला आएको जनाए ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले महोत्सवलाई ३ लाख बढीले अवलोकन गरेको र साढे १२ करोड बढीको कारोबार भएको बताए । उनले प्रदेश नं. ६ को उद्योग व्यापार, कृषि र पर्यटनको विकास गराउन महासंघले प्रदेशस्तरीय महोत्सवको आयोजना गरेकोले यसले प्रदेश राजधानीमा आर्थिक गतिविधि बढाउन सहयोग पुगेको दावी गरे । पर्यटन, उद्योग, कृषि जडिबुटी को भण्डार रहेको ६ नं. प्रदेशमा आयोजना गरिएको महोत्सवले आर्थिक विकासमा टेवा पुगेको पनि उनले बताए ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
महोत्सवमा ३ सय बढी स्टलहरु राखिएका थिए । महोत्सवलाई रोचक बनाउन स्थानीयका साथै राष्ट्रिय कलाकारहरुको पनि उपस्थिति रहेको थियो । साथै प्याराग्लाइडिङ उडान पनि गराइएको थियो । गत माघ २६ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गरेका थिए ।
खबरइरामा विज्ञापन गर्न चाहनु हुन्छ भने अजै सम्पर्क गर्नुस
मोब. ९८०२६५००१०
email- khabarera@gmail.com
facebook page- Khabarera Like गर्नुहोला
प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार १३:०४