सुर्खेत, २३ माघ । राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न जनप्रतिनिधि वीरेन्द्रनगरमा भेला भएका छन् । ६ नम्बर प्रदेश राजधानी वुधबार वीरेन्द्रनगरमा हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न अाएका जनप्रतिनिधिसँग नेापली कांग्रेस सुर्खेतले अायाेजना गरेकाे भेटघाट कार्यत्रर्ममा नेपाली कांग्रेसका प्रतिनिधिहरुले प्रदेशको समग्र विकासका लागि एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
यहि माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्नका लागि वीरेन्द्रनगरमा भेला भएका प्रदेशभरीबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको चियापानपछिको छलफलमा उनीहरुले नेपाली कांग्रेसप्रति जनताको अपेक्षा र विश्वास अझैं नघटेको निष्कर्षसहित यस्तो प्रतिवद्धता जनाए।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले विकास र समृद्धिको जनताको चाहना कांग्रेसले नै पूरा गर्ने भन्दै त्यो अभिभारा अहिलेका जनप्रतिनिधिहरुको काँधमा आएको उल्लेख गरे ।
अबको पाँच वर्ष पूर्ण इमान्दारिताका साथ जनताको चाहनाअनुसारको काम गर्नुस्, केन्द्रीय सदस्य थानीले भने, अहिले गरिबी भनिएको प्रदेशको समृद्धिको ऐतिहासिक जिम्मेवारी तपार्इंहरुकै काँधमा छ ।
अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जीवन शाहीले प्राविधिक कारणवश कांग्रेस संख्यात्मक हिसावले कम भएपनि केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नसक्न सक्षम भएको उल्लेख गरे ।
राष्टियसभाको निर्वाचनमा यो प्रदेशको कालिकोटबाट विष्णुबहादुर शाही, मुगुबाट सूर्यदेवी मल्ल, रुकुमबाट गोपाल शर्मा र सल्यानबाट मित्रलाल सार्कीले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ ।
२४ गते हुने निर्वाचनका लागि यस प्रदेशका १० जिल्लाका पार्टी सभापति, गाउँपालिका तथा नगरपालिका अध्यक्ष र प्रदेशसभा सदस्यहरु वीरेन्द्रनगरमा आइपुगेका छन् ।
प्रकाशित मिति: २३ माघ २०७४, मंगलवार १७:२३