काठमाडौं, ६ माघ । महिला उद्यमीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ काठमाडौंमा शनिबार युवा महिला उद्यमी सम्मेलन आयोजना गरिएको छ ।
युवा महिला उद्यमी सञ्जालले देशभर १ सय ५० जनाभन्दा बढि महिला उद्यमीहरुलाई सहभागी गराएर सम्मेलन आयोजना गरेको हो ।
युवा महिला उद्यमीहरुलाई काम गर्न सहज वातावरण बनोस् भनेर सम्मेलन आयोजना गरिएको संजालकी अध्यक्ष जुना माथेमाले जानकारी दिइन् ।
सम्मेलनमा युवा उद्यमीहरुबीचको सहकार्यमा जोड दिने खालका अनुभव साटासाट हुने विश्वास व्यक्त गरिएको छ । सञ्जालले हरेक वर्ष युवा महिलाहरुलाई उद्यमीशिल बन्न प्रोत्साहन दिन सम्मेलन आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: ६ माघ २०७४, शनिबार १६:२०