सुर्खेत, ३ माघ । मध्य तथा सुदुरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतमा आईपुगेका छन् । पूर्व राजा शाहले शक्ति पिठकारुपमा रहेको गंगामाला देउती बज्यै मन्दिरको दर्शन गर्न सुर्खेत आइपगेका हुन् । देउती बज्यै मन्दिर दर्शन गर्न नेपालगंजबाट स्थलमार्ग हुँदै सुर्खेत पुगेका पुर्व राजा शाहलाई पुर्व पञ्चहरुले फुलमालासहित स्वागत गरेका थिए ।
पूर्व राजा शाहले मन्दिरमा पुजा आराधना गरेका छन् भने पूर्व राजा शाहलाई देउती बज्यै मन्दिरका मुख्य पुजारी टंकबहादुर राजीले पुजापाठ गराएका थिए । शाहले पुजापाठ पछि स्थानिय होटलमा आफ्ना समर्थकहरुसंग भेटघाटसमेत गरेका छन् । पुर्व राजा ज्ञानेन्द्र शाहसग सेल्फी खिच्नेहरुको पनि निकै भिड लागेको थियो । पूर्व राजाका समर्थकहरुले हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए । पूर्व राजा शाह भेटघाट सकिए लगत्तै स्थालमार्गबाट नेपालगंज फर्किएका छन् ।
प्रकाशित मिति: ३ माघ २०७४, बुधबार १६:१९