लण्डन, १६ पुस: बेलायतले सन् २०१८ लाई ‘बे्रक्जिट’मा मात्र सीमित नगर्ने जनाएको छ ।
प्रधानमन्त्री टरिजा मेले आइतबार अङ्ग्रेजी नयाँ बर्षको उपलक्ष्यमा दिनुभएको सन्देशमा उनले सन् २०१८ लाई ब्रेक्जिटका साथै अन्य क्षेत्रमा पनि धेरै प्रगति गर्ने सपना रहेको बताएका छन्
बेलायतको इयूबाट बहिर्गमनका लागि काम भइरहेको बताउनुहुँदै प्रधानमन्त्री मेले भन्नुभयो, “नयाँ बर्षमा इयूसँग हुने वार्तामा इयूबाट फिर्ताभएपछि व्यापार तथा सुरक्षाका बिषयमा छलफल गरी छिट्टै निष्कर्षमा पुगिने छ ।” “म सन् २०१८ मा बे्रक्जिट प्रक्रियालाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता जाहेर गर्छु ।”
सन्देशमा बेलायती जनतालाई सङ्केत गर्दै भनिएको छ, “तपाईहरू बे्रक्जिटका बिषयमा जुन पक्षमा मतदान गरेपनि अहिले अधिकांश नागरिकले ब्रेक्जिटको सफलताका लागि सरकारसँग अपेक्षा राखेका छन् । सरकारले पनि ठीक त्यही गरेको छ ।”
“सन् २०१८संयुक्त अधिराज्यमा नयाँ विश्वास र गौरवको बर्ष हुनेछ ,” प्रधानमन्त्री मेले विश्वास व्यक्त गर्नुभयो । यो बर्षमा हामीले सफल बे्रक्जिटको वार्तालाई प्रगतिको उत्कृष्ट विन्दुमा पु¥याउन लागि पर्नेछौँ र राष्ट्रको समुन्नत भविष्यका लागि अर्थतन्त्रलाई मजबुत पार्नेछौ । सबैका लागि न्यायपूर्ण समाजको लागि काम गर्नतर्फ अग्रसर हुनेछौ ।
बे्रक्जिटबाहेक आफूले बेलायती नागरिकको दैनिक जीवनका बिषयमा व्यापक परिवर्तन ल्याउन चाहेको उहाँको कथन थियो । उहाँले बेलायतको शैक्षिक क्षेत्र, प्रहरी र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै ती क्षेत्रको थप विकास गर्न चाहेको बताएका छन् ।
प्रकाशित मिति: १६ पुष २०७४, आईतवार २०:३४