सुर्खेत, ९ पुस । सुर्खेत उपत्यका भित्रका विभिन्न ठाउँमा रहेका पसल, व्यवसाय तथा उद्योगहरुमा भएका अकल्पनीय आगलागीका घटनाले अत्यन्त दुःखी बनाएको सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ । संघले आकस्मिक रुपमा आइपरेको संकट र दुःखद घटनापछि आप्mनो संयमता एवं धैर्यता नगुमाउन अग्निपीडित सम्पूर्ण उद्योगी, व्यापारी एवं व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।
वीरेन्द्रनगरको गोदामलाईनमा अस्थायी टहरा बनाई व्यापार व्यवसाय गर्ने क्रममा गत पुस ७ गते राति भएको आगलागीबाट धनमालको क्षति व्यहोराका व्यापारी, व्यवसायी मध्ये यस संघको सदस्यता लिएका व्यापारी व्यवसायीहरुलाई राहत स्वरुप जनही १० हजार रुपैयाँ सहयोग प्रदान गर्ने जनाएको छ ।
यस्ता अकल्पनीय दुर्घटनामा परी आर्थिक क्षति व्यहोराका जिल्लाभरीका व्यापारी व्यवसायीहरुलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले यस संघद्धारा सिटिजन्स बैंक सुर्खेत शाखामा दैवीप्रकोप व्यवसायी राहत कोषका नाममा स्थापना गरिएको ०३३००००३३९ CA नम्बरको खातामा राहत रकम जम्मा गरी सो को भौचर संघको कार्यालयमा बुझाई व्यवसायिक एकता एवं मानवीय सदाशयतासहित दर्शाउन संघले अपिल समेत गरेको छ ।
प्रकाशित मिति: ९ पुष २०७४, आईतवार १८:५४