सुर्खेत, ३ पुस । पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य ह्दयराम थानीले जिल्ला तथा प्रदेशको विकास र पार्टी संगठन विस्तार कार्यलाई अव संगसंगै लगिने बताएका छन् । प्रतिनिधिसभा तर्फ सुर्खेत क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार रहेका थानीले सोमवार पश्चिम सुर्खेतको गुटु र लगाममा आयोजित धन्यवाद कार्यक्रममा बोल्दै विकासको काम र संगठन विस्तार तथा सुदृढिकरणलाई संगसंगै लिइने जनाए ।
जिल्लाको विकासका लागि निर्वाचित सदस्यहरुभन्दा कम नहुने भन्दै नेता थानीले आफ्नो क्षमताले भ्याएसम्मको काम गर्ने प्रतिवद्धतासमेत दोहो¥याए । साथै निर्वाचनमा कांग्रेसलाई मत दिन मतदाताप्रति उनले धन्यवादसमेत दिए । यस्तै प्रदेशसभा उम्मेदवार एवं पार्टी सभापति कमलराज रेग्मीले पार्टीले प्राविधिक कारणले मात्रै हारेको भन्दै सैद्धान्तिक रुपमा सवैभन्दा अगाडि रहेको बताए । उनले नेता कार्यकर्ताहरुलाई उत्साहित भएर अहिल्यैदेखि संगठन विस्तारमा लाग्न जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्रीहरु शिवराज जोशी, खड्गबहादुर बस्यालले आगामी निर्वाचनहरुलाई लक्ष्य बनाएर पार्टीलाई क्रियाशील र सुदृढिकरण बनाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा कांग्रेस सुर्खेत जिल्ला सदस्य गजराज जोशी, मायाराम जैसीलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: ३ पुष २०७४, सोमबार १७:४२