इनरुवा, २५ मंसिर । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । श्रेष्ठले २५ हजार ७५० मत पाए ।
सुनसरी क्षेत्र नं १ मा एमालेका राई विजयी
त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार जयकुमार राई विजयी भएका छन् ।
आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेदवार जयकुमारले ४४ हजार ५२८ मत पाएका छन् । अशोक राईले २२ हजार १२३ मत पाए ।
सुनसरी २ (क)मा वामका लिम्बू विजयी
सुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरे ।
सुनसरी १ (ख) मा वामका आचार्य विजयी
सुनसरी प्रदेशसभा क्षेत्र १ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भीम आचार्य विजयी भएका छन् ।
आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरे ।
सुनसरी ३ (क)मा वामका बस्नेत विजयी
यसैगरी सुनसरी क्षेत्र ३ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार लिलम बस्नेत विजयी भएका छन् ।
उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरे ।
प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार १३:२०