सुर्खेत, ७ मंसिर । चुनाव प्रचारप्रसारका क्रममा प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबबााट सुर्खेत क्षेत्र नं. १ (ख)का टेकबहादुर सिंहले घरदैलो भेटघाटलाइ निरन्तरता दिएका छन् । यसैक्रममा बिहिबार सुर्खेतको आग्रीगाउँ र बजेडीचौरमा रहेको विभिन्न वस्तीहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गरेका छन् । घरदैलोका क्रममा सिंहले आफू विजयी भएमा गाउँमा शैक्षिक संस्था, खाने पानी, सडकको स्तरोन्नतिलगायतका विकास निर्माणका काममा जोड् दिने प्रतिबद्धता जनाए । शान्ति र समृद्धिको बाटो नेपाली काँग्रेसले नै देखाउन सक्ने दावी गर्दै उनले काँग्रेसलाइ मत दिएर आसन्न निर्वाचनमा विजयी गराउन मतादतासंग आग्रह गरे ।
यसैबीच, प्रदेश सभा सदस्यका लागि काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र नं. १ (ख) का उम्मेदवार झगबहादुर डाँगीले पनि चुनाव प्रचारप्रसारलाइ तिब्रता दिएका छन् । उनले बिहिबार सुर्खेतको लेकवेशी नगरपालिकाअन्तर्गत दशरथपुर र सिमले, गमखोलामा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
घेटघाटका क्रममा डाँगीले लोकतन्त्रको संस्थागत विकासका लािग आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ मत दिएर विजयी गराउन आग्रह गरे । उनले चुनाव जितेमा निर्माण भैरहेका र रोकिएका विकासका योजनारु कार्यान्वयनका लागि आफूले पहल गर्ने बताए ।
घरदैदलो कार्यक्रममा काँग्रेस गाउँ कार्य समिति दशरथपुरका सभापति खगेन्द्र रुचाल, क्षेत्रीय समितिका सचिव भुपेन्द्र सुवेदी, सदस्य रेशम चालिसे, तरुण दल सुर्खेतका सचिव कृष्ण भण्डारी, क्षेत्र नं. १ (ख) चुनाव प्रचारप्रसार समितिका संयोजक उमेश पौडेललगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार १७:५६