सुर्खेत, २४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले कांग्रेसले जिते अढाई वर्षमै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
सुर्खेत क्षेत्र नं.२का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका थानीले शुक्रबार वेतानमा भएको चुनावी सभामा विकास निर्माणलाई कांग्रेसले जहिलेपनि उच्च प्राथमिकतामा राखेको भन्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
विकास निर्माण गर्ने इच्छाशक्ति र सामथ्र्य अरुसंग छैन । उनले भने, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासको काम कांग्रेसले नै गर्छ ।
पछिल्लो समय बनेको वाम गठवन्धनप्रति कटाक्ष गर्दै नेता थानीले गठवन्धकै भरमा चुनाव जित्ने आशमा मुख नमिठ्उन सुझाव दिए । जनता धेरै चनाखो भइसकेका छन् । नेता थानीले भने, अहिले नै धेरै मुख मिठ्याए पछि तीतो होला ।
विगतका सबैखाले निरंकुशताको अन्त्य गर्दै मुल्क समृद्धितिर बढिरहेका बेला वाम गठवन्धनका नाममा अर्को निरंकुशता ल्याउने तयारी गरिएको आरोपपनि उनले लगाए ।
यसैगरी पूर्वमन्त्री शिवराज जोशीले अबको चुनाव लोकतान्त्रिक शासन र एकदलीय कम्युनिष्ट शासन व्यवस्था बीचको जनमत संग्रह भएको टिप्पणी गरे ।
राजनीतिक स्थिरता भए मात्रै विकास हुने भए पञ्चायतकाल र राणाकालमा किन भएन ? स्थिरताका नाममा गरिएको वाम गठवन्धनप्रति संकेत गर्दै उनले भने, विकास जहिलेसुकै लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ ।
यस्तै सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पनि आपूmले शुरु गरेका विकास निर्माणका कामलाई तीब्रता र पूर्णता दिने जिम्मेवारी सुम्पन आग्रह गरेका छन् ।
यसअघिको क्षेत्र नं ३ बाट सांसद जितेर राज्यमन्त्री बनेका विष्टले पश्चिम सुर्खेतमा पूर्वाधार विकासलगायतका थुप्रै कामलाई आपूmलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रदेशसभाका समानुपातिक उम्मेदवार यज्ञबहादुर वी.सीले अहिलेको लडाई लोकतन्त्रवादी र साम्यवादीबीचको लडाई भन्दै जनताको अधिकार र विकासका लागि लोकतन्त्रवादीलाई चुन्न आह्वान गरे ।
पार्टी सचिव टोपबहादुर रावतले हालसम्मका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानका लागि पनि लोकतन्त्रवादीको जित अपरिहार्य रहेको टिप्पणी गरे ।
चोकुने ३ वेतानका पार्टी सभापति धनबहादुर सलामीको सभापतित्वमा भएको कार्यक्रममा, नेपाल महिला संघका केन्द्रीय कोषाध्यक्ष जानका सिंह, पूर्व पार्टी सचिव पदमदेव गिरीलगायतले भनाइ राखेका थिए ।
प्रकाशित मिति: २४ कार्तिक २०७४, शुक्रबार २०:३१