काठमाडौँ, ३ कात्तिक । एमाले र माओवादी केन्द्रले मंसिर १० गते हुने पहिलो चरणकाे निर्वाचनका लागि ३२ जिल्लामा सिट टुंग्याएका छन्।
दुई दल सम्मिलित कार्यदलले प्रतिनिधि र प्रदेश सभाका लागि निर्वाचन क्षेत्र टुंग्याएका हुन्।
कार्यदलले ३२ जिल्ला ७४ प्रदेश सभा सदस्यमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट भागवण्डा गरेका हुन् । भागवण्डा अनुसार एमालेले ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क) र (ख), सोलुखुम्बु (क) र (ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क) र (ख), रसुवा (क), सिन्धुपाल्चोक १ (ख), २ (ख), नुवाकोट १ (ख), लम्जुङ (क) र (ख), धादिङ १ (क), २ (क), मनाङ (क) र (ख), मुस्ताङ (क) र(ख), म्याग्दी (ख), गोरखा १ (ख), बाग्लुङ १ (क), २ (ख), डोल्पा (क), जुम्ला (ख), कालीकोट (क), जाजरकोट (क) र (ख), मुगु (क) र (ख), बझाङ (क), बाजुरा (क) र (ख), बैतडी (ख) र दार्चुला (क)मा उम्मेदवार उठाउने छ।
त्यस्तै माओवादी केन्द्रले ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (क), रसुवा (ख), सिन्धुपाल्चोक १ (क), २ (क), नुवाकोट १ (क), धादिङ १ (ख), २ (क), गोरखा १ (क), २ (क) र (ख), बाग्लुङ १ (ख), २ (क), म्याग्दी (क), रोल्पा (क) र (ख), रुकुम पूर्व (क) र (ख), रुकुम पश्चिम (क) र (ख), डोल्पा (ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क) र (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख)मा आफ्ना उम्मेदवार उठाउने छ।
प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार १३:५८