काठमाडौँ, १ कात्तिक (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैह्रआवासीय नेपालीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा गैह्र आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीरः रोशन सापकोटा, राससगैह्र आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पु¥याउन आग्रह गरेका हुन् ।
उनले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिने पनि बताए ।
प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत्, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैह्र आवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले प्रतिनिधित्व गर्न सकेको स्मरण गरे ।
उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकले समृद्धिको बाटो लिने अपेक्षा व्यक्त गरे ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हीराचन, जीवा लामिछाने, शेष घले र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गैह्र आवासीय नेपालीले नेपालको समृद्धिमा देखाएको हातेमालेको स्मरण गर्दै यसमा सरकारबाट सहजीकरण हुनुपर्नेमा जोड दिए ।
संघको सो सम्मेलनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार ०७:२३