नेपाल पत्रकार महासंघले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई सफल बनाउन ‘संचार अभियान’ संचालन गर्ने तयारी गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनलाई सफल बनाउन ‘संचार अभियान’ नै संचालन गर्न लागिएको जानकारी दिए । उहाँले संविधानले व्यवस्था गरे अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन महासंघ लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले लोकतन्त्रलाई सदृढ गराएर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन नदिने दृढता पनि व्यक्त गरे ।
अध्यक्ष आचार्यले श्रमजीवि पत्रकारहरुको पेशागत हकहितको रक्षा गर्न महासंघ सदैव तत्पर रहेको पनि उल्लेख गरे ।