सुुर्खेत, ९ भदौ । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा कुनै संका नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रदेश र केन्द्रको निर्वाचन पनि तोकिएकै मितिमा एकैपटक हुने बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पार्टीको बैठक तथा प्रशिक्षण कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
नेपालको राजनीतिमा ठुला ठुला परिवर्तन भएपनि राजैतिक अस्थिरता भने कायमै रहेको उल्लेख गर्दै राजनैतिक अस्थिरताको न्युनतम् आधार खोज्न आफ्नो पार्टीले प्रत्यक्ष कार्यकारी प्रमुखको माग गरेको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले हुने खाने पूंजीपतिले मात्र चुनाव लड्ने परिपाटि भएकाले सामान्य आयस्तर भएका गरिबले पनि चुनाव लड्न पाउनुपर्ने अधिकारको माग गर्देै आफनो पार्टीले पूर्ण सामानुपातिक निर्वाचन प्रणाली अबलम्वन गर्ने नीति ल्याउन लागेको प्रष्ट पारे । ६ नम्वर प्रदेशमा जनसंख्या थोरै र भुगोल धेरै भएका कारण थोरै स्थानीय तह बनेको वताए ।
प्रचण्डले माओवादीको बलले मात्र ६ नम्वर प्रदेश वनेको दावी गरे । प्रचण्डले ६ नम्वर प्रदेश विकासमा पछि परेको स्विकार गर्दै अभाव जहाँ हुन्छ त्यहाँ माओवादीको प्रभाव राम्रो हुनु स्भाविक रहेकोले ६ नम्वर प्रदेशमा ठुला परियोजना केन्द्रित गरेर विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश र संघको निर्वाचनमा पार्टीको हित हुनेगरी जुनसुकै दलसँग पनि तालमेल हुन सक्ने भन्दै संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षधर जुनसुकै दलसँग पनि तालमेल गर्नु अर्नथ नहुने बताए ।
पार्टी एकतामा जोड दिदै प्रचण्डले विभाजित भएर केहि गर्न नसकिने बताए । प्रचण्डले आफ्नो पार्टी र माओवादीवाट टुक्रिएर गएका दलको चुनावी परिणाम हेर्दा छुट्टाछुट्टै केहि गर्न नसकिने देखिएको र एकताको पहल गर्ने जनमत आफ्नो पार्टीलाई प्राप्त भएको प्रचण्डले जिकिर गरे
पार्टीको वैठक तथा प्रशिक्षणलाई अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेता रामवहादुर थापा वादल, नेताहरु शक्ति वस्नेत, कालिवहादुर मल्ल, मायाप्रसाद शर्मा, टेकवहादुर वस्नेत लगाएतले सम्वोधन गरेका थिए ।
प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार १९:०५