सुर्खेत, ४ भदौ । सुर्खेतमा आगामी असोज महिनादेखि स्वास्थ्य वीमा (सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम) लागू गर्ने सम्वन्धमा आइतवार वीरेन्द्रनगर नगरपालिकामा सरोकारवालावीच अभिमुखीकरण भएको छ । स्वास्थ्य वीमावारे नागरिकलाई बुझाउनका लागि सो अभिमुखीकरण गरिएको हो । आगामी असोजदेखि सुर्खेतसहित १० जिल्लामा सुरु हुने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति सूचना तथा संचार केन्द्रका सअहेव जनक अधिकारीले बताए ।
सुर्खेतसहित बर्दिया, रोल्पा, झापा, पर्सा, सोलुखुम्बु, रौतहट, सिन्धुली, सुनसरी र महोत्तरीमा असोजदेखि सो कार्यक्रम लागू हुनेछ । स्वास्थ्य वीमाका लागि पाँच जनासम्मको परिवारले बार्षिक २५ सय रुपैयाँ तिरेपछि उक्त परिवारले बार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा प्राप्त गर्नेछ । पाँच जनाभन्दा बढी भए प्रति सदस्य रु. ४२५ का दरले रकम थप गर्नुपर्दछ र उक्त परिवारले बढीमा एक लाखसम्मको सेवा पाउने अधिकारीले बताए ।
बार्षिक २५ सय रुपैयाँ तिरेपछि सो विरामीले बहिरंग सेवा, प्रयोगशाला, एक्सरे, डेूसिङ, घाउ चिरफार, साधारण चिरफार, टाका लगाउने, अल्ट्रासाउण्ड, इन्डोस्कोपी, फिजियोथेरापी, अकुपंचर, प्रजनन् स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा, मधुमेह, आूखा सेवा, अक्सिजन सेवा, प्रसुति वार्ड, सर्जिकल वार्ड, रिफर, दन्त सेवालगायत २८ प्रकारका सेवाहरु पाइने समितिले जनाएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवाली, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले निम्न वर्गलाई स्वास्थ्य वीमाप्रति आकर्षित गराउन चुनौतीपूर्ण रहेको बताए । उनीहरुले निम्न बर्गलाई आकर्षित गराउन सकिए कार्यक्रम सफल हुने दावी गरे ।
प्रकाशित मिति: ४ भाद्र २०७४, आईतवार १७:५६