काठमाडौं, २६ साउन । साउदी अरबको मक्कामा हजका लागि जाने नेपाली मुसलमानहरुको बिदाई गरिएको छ । गृहमन्त्री जनार्दन शर्माले हजका लागि जाने हाजी हरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुल माला लगाई बिदा गरे ।
चरण चरण गरी मक्कामा हज (विशेष प्रकारको नमाजरप्राथना) गर्न नेपाली मुसलमान दाजुभाई दिदीबहिनी साउदी अरब पुग्ने गर्दछन् । देशैं भरी छरिएर रहेका मुसलमान नेपालीहरुलाई जिल्लास्तरिय हज कमिटीले मक्का जानेहरुलाई सिफारिस गराएर पठाए पछि केन्द्रिय हज कमिटीले कोटा अनुसार यात्राको प्रबन्ध मिलाउने व्यवस्था छ ।
विमानस्थलमा गृहमन्त्री सहित श्रम मन्त्रि फरमुल्लाह मन्सुरले पनि हाजीहरुलाई बिदाई गरे । आज साउदी तर्फ प्रस्थान गरेको पहिलो नेपाली टोलि हो । हरेक वर्ष झैँ यो वर्ष करिब एक हजार नेपाली मुसलमान मक्का पुग्ने छन् ।
आज नै नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी हाजीहरुलाई बिदाई गरेका छन् । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ ।
विश्व भरिका मुसलमान आफ्नो जीवनमा एक पल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा बिशेष दिन पारेर हज गर्ने गरिन्छ ।
हजका लागि बिश्वभरिबाट मुसलमानहरु मक्का पुग्ने गर्दछन् । आज प्रस्थान गर्ने १३० जना नेपाली मुसलमान तनहु, स्याङ्गजा, पर्वत, गोर्खा अर्घाखाची काठमाडौंका रहेका छन् ।
प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार ११:४३