सुर्खेत, ५ साउन । गत आर्थिक वर्ष ०७३/७४ मा सुर्खेतमा एक अर्वभन्दा बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार सो आवमा कूल एक अर्ब ३० करोड २० लाख रुपैयाँ फिर्ता भएको र यसमा केही सामान्य थपघट हुनसक्ने जनाएको छ ।
कार्यालयका सूचना अधिकारी लोकप्रसाद पौडेलले पूूँजीगततर्फ ठूलाठूला विकासे अडहरुले समयमा बजेट खर्च गर्न नसक्दा समग्रमा १३ प्रतिशतभन्दा बढी रकम फ्रिज भएको जानकारी दिएका छन् ।
जिल्लाको कूल बजेट १२ अर्ब २१ करोड १९ लाख ३८ हजार रहेकोमा १० अर्ब ९० करोड ४९ लाख रुपैयाू खर्च भएको छ । पूूँजीगततर्फ चार अर्ब ८८ करोड १६ लाख ४१ हजार रुपैयाँ बिनियोजन भएकोमा चार अर्ब १७ करोड ३३ लाख खर्च भएको उनको भनाइ छ ।
चालु तर्फ सात अर्ब ३३ करोड दुई लाख ९६ हजार बिनियोजन भएकोमा ६ अर्ब ७३ करोड ६४ लाख ८१ हजार खर्च भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्षको तुलनामा यसपाली बढी बजेट खर्च भएको छ ।
सबैभन्दा धेरै सडक डिभिजन कार्यालयको ३० करोड ९५ लाख ७५ हजार बजेट फ्रिज भएको छ । कूल एक अर्व ९० करोड ७७ लाख बजेट रहेकोमा एक अर्व ५९ करोड ८१ लाख भने खर्च भएको छ ।
यस्तै जिल्ला समन्वय समिति सुर्खेतको करिब साढे ९ करोड रूपैयाँ फिर्ता भएको छ । चालुतर्फको ६३ करोड १० लाखमा ५८ करोड ५२ हजार खर्च भएको छ भने पूूँजीगततर्फ २४ करोड ६२ लाखमा १९ करोड ७२ हजार खर्च भएको छ । जल उत्पन्न कार्यालयको ४१ करोड २४ लाख बजेट मध्य ३८ करोड सात लाख खर्च भएको छ । जिल्ला शिक्षा कार्यालयको चालुतर्फ ६४ करोड ४ लाख मध्ये २३ करोड ६० करोड ७५ लाख मात्र खर्च भएको छ ।
जिल्ला जनस्वास्थ कार्यालयको चालुतर्फ २४ करोड ९७ लाख मध्ये २३ करोड ७९ लाख खर्च भएको छ । राष्टिूय गौरवको आयोजना भेरी बबई डाईभर्सनको ५ करोड बढी फिर्ता भएको छ । जिल्ला कृषि विकास कार्यालयको झण्डै पौने २ करोड बजेट फ्रिज भएको छ ।
कृषिको कूल बजेट ९ करोड २१ लाख ६९ हजारमा सात करोड ४५ लाख खर्च भएको र बाँकी एक करोड ७२ लाख ६९ हजार रुपैयाू फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका सूचना अधिकारी पौडेलले आर्थिक वर्ष ०७३÷७४ मा राजस्व संकलन भने बढेको बताए । सो आवमा ७० करोड १९ लाख २५ हजार राजश्व संकलन भएको छ ।
प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १९:०३