काठमाडौं, २ साउन । प्रहरी प्रधान कार्यालय नक्सालले ३५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको निर्णयअनुसार ३५ डिएसपीलाई एसपीमा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको हो।

डिएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाह पहिलो नम्बरमा परेका छन् भने दोस्रोमा महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा कार्यरत डिएसपी सुशील सिंह राठौर परेका छन् ।
यसैगरी, अञ्चल प्रहरी कार्यालय भेरीका डिएसपी माधवप्रसाद श्रेष्ठ, महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा कायरत डम्बर बहादुर बिक, प्रहरी प्रधान कार्यालय बजेट शाखाका गणेश चन्द, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका उमा प्रसाद चतुरबेदी पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
यस्तै, डिएसपीहरु ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालय कुमार श्रेष्ठ, बिमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, केदार रजौरे, मनोज कुमार केसी, रवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट र मनोजकुमार यादवलाई पनि एसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरित्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेलले जानकारी दिए।
यस्तै, किसनसिंह थापा, गोबिन्द थपलिया, रविराज खड्का, सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ, दिपक रेग्मी, दिपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउवा र सजिव शर्मा दास पनि एसपीका लागि वढुवाको सिफारिसमा परेका छन्।
प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार २०:११