काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रिय जनता पार्टीले भारतीय दुतावासको शरण लिएर देशको कानुन, मर्यादा र स्वाभिमानमा गम्भिर ठेस पुर्याएको आरोप लगाएका छन् । एमाले नेता रावलले राजपाले देशकाे कानून बनाउन बारे भारतीय राजदुतमा बैठक बस्ने तर देश डुबानमा पर्ने बेला नबाेल्नु गलत भएकाे बताए ।
एमाले उपाध्यक्ष रावलले राष्ट्रिय जनता पार्टीका नेताहरुले भारतीय राजदुतको शरण परेर देशको स्वाभिमाननै गम्भिर चोट पु¥याएको आरोप लगाए ।
विहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सप्तरीका जनता डुबानमा परेका बेला मधेसवादी भनिएका राष्ट्रिय जनता पार्टीले एक शब्द पनि नबोलेको उल्लेख गर्दै आपत्ति समेत जनाए ।
एमाले उपाध्यक्ष रावलले भारतले बाँध बाधेका कारण सप्तरीका जनता डुवानमा परेको दावी समेत गरे। उनले मधेसका जनता विचल्लीमा परेका बेला एक शब्द पनि नबोल्ने राष्ट्रिय जनता पार्टीलाई मधेसवादी दल भन्न नमिल्ने तर्क गरे ।
मंगलबार राष्ट्रिय जनता पार्टीका नेताहरुले भारतीय राजदुत मन्जिव सिंह पुरीसँग भेटवार्ता गरेका थिए । सोही भेट राष्ट्र र जनताको हितमा रहेको नरहेको एमाले उपाध्यक्ष रावलको दावी छ ।
एमाले उपाध्याक्ष रावलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरे । उनले जनमत एमालेको पक्षमा देखिएपछि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन पछि सार्दै लगेको आरोप लगाए ।
उपाध्यक्ष रावलले सरकार संविधान संशोधन प्रस्तावमार्फत् मुलुकलाई टुक्रयाउन लागि परेको आरोप समेत लगाए ।
प्रकाशित मिति: २२ असार २०७४, बिहीबार १६:०५