कालीकोट, ११ असार । घरायसी कामकाज र चुलोचौकोमा मात्र सिमित किशोरीहरु सहकारीमा आवद्ध भएसँगै आत्मनिर्भर हुन थालेका छन् । एक–एक रुपैयाँ जम्मा गरी सहकारी स्थापना गर्न सफल भएका जिल्लाका तिलागुफा नगरपालिकाका किशोरीहरुको दिनचर्या आजभोली फेरिएको छ ।
आर्थिक तथा सामाजिक रुपमा समेत किशोरीहरु आत्मनिर्भर हुन थालेपछि किशोरीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । किशोरी आफैले पनि छुट्टै सहकारी सञ्चालन गरेर सफल भएका छन् । ठूलो संख्यामा किशोरीहरु कालीकोटको सहकारी अभियानमा लागेका मात्रै छ्र्रैनन्, सहकारी क्षेत्रको नेतृत्वमा समेत पुगेका छन् ।
जिल्लाको तिलागुफा नगरपालिकामा किशोरीहरुकै सकृयतामा तिलाकर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाको स्थापन गरी सफलता हासिल गरेका छन् । तिला गुफा नगरपालिकाका १८ वर्षदेखि २२ वर्ष ननाघेका किशोरीहरुलाई अहिले आफ्नै कमाईले पढनलेख्न र आफुलाई चाहिने सामान किनमेल गर्न पाएका छन् ।
घरपरिवारको मात्र भर परेर नहुने भन्दै किशोरीले आफ्नै ठाउँमा तिलाकर्णाली जडिबुटी उत्पादक सहकारी संस्था स्थापना गरी चिया उत्पादन गर्दै विक्री गर्न थालेपछि त्यहाँका युवतीहरु आत्मनिर्भर बन्न सफल भएका छन् ।
परम्परागत रुपमा घर भित्रको काममा मात्र सिमित हुदै आएका कालीकोटका किशोरी सिपहरु सिकेर कमाइ समेत गर्न थालेका छन् । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण परियोजना मार्फत १ लाख ६० हजार ऋण लिएर जडिबुटी चियाँ उत्पादनमा लागेका तिलागुफा नगरपालिकाका किशोरीहरुले मनग्य आम्दानी गर्न थालेका छन् ।
पहिले पढ्नको लागि पनि घरमा आमाबुवासँग आग्रह गर्नुपथ्र्यो पैसा छैन भन्दा पढाई छोड्नेसम्म पनि स्थिति आउथ्यो अहिले आफैले सहकारी स्थापना गरी चियाँ उत्पादनमा लागेपछि कसैको भर पर्नु नपरेको तिला कर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाका उपाध्यक्ष पानसा नेपालीले बताइन् । उनले भनिन्, ‘जडिबुटी पाइयो भने राम्रो आम्दानी हुन्छ ।’ अहिले उत्पादन भएको चियाँलाई स्थानीय नाग्म, भिग्म, जुम्लाको बालुवा बजारसम्म विक्री वितरण गरेको उनको भनाई छ । सुरु सुरुमा त घरपरिवारले विग्रिन लागेको आरोप लगाएपनि पछि आफुहरुको काम देखेर घरपरिवारपनि खुसी भएको उनी बताउँछिन् ।
चियाँ उत्पादन सँग–सँगै दैनिक बचतलाई पनि महत्व दिएको तिला कर्णाली उत्पादक सहकारी संस्थाको दैनिक १० हजार भन्दा बढी बचत संकलन गर्ने गरेको छ । इच्छा शक्ति भए आफ्नै देशमा सुन फलाउन सकिने रहेछ, हामी रोजगारीको लागि खाडि मुलुकमा दुख गछौ त्यो दुख कष्ट आफ्नै देशमा गर्न सक्यो भने आफनै देशमा सुन पलाउन सकिने तिला कर्णाली उत्पादक सहकारी संस्थाका कोषाध्यक्ष सावित्रा बुढाले भनिन् । उनले भनिन्, ‘भिडिसेफ हाम्रो लागि भगवान सावित भएको छ ।’ जसरी हामीलाई भिडिसेफले सहयोग ग¥यो त्यसरी नै अरु गाउँपालिका र नगरपालिकाका किशोरीलाई पनि सहयोग गरे हामी किशोरीको जिवनस्तर बृद्धि ह्नुने उनले बताइन् ।
त्यस्तै किशोरीहरुलाई आत्म निर्भर बनाउ पहल गर्ने युवा सशक्तिकरण परियोजनाका प्रोग्राम कोडिनेटर चन्द्र विकले केही गर्ने इच्छाशक्ति भएका किशोरीका लागि आफुहरुले सहयोग गर्दै आएको बताए । उनले युवा शसक्तिकरण परियोजनाले बालअनुदान, बर्सरी सहयोग, घुम्ती कोष लगायतमा कामगरी विद्यालयबाट बन्चित बालबालिका लागि विद्यालय जान प्रोत्सान गर्नका लागि पनि विभिन्न कार्यक्रम गर्दै आएको र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका किशोर किशोरीहरुका लागि उत्पादन मुखी कार्यक्रम ल्याएकाले तिलाकर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाले राम्रो छवि बनाएको बताए ।
प्रकाशित मिति: ११ असार २०७४, आईतवार १६:४६