काठमाडौं, ११ असार । नेपाल पत्रकार महासंघले २५ औं महाधिवेशनको मिति सार्न हालै गरेको निर्णय प्रति आपत्ति जनाउँदै सल्लाहकार एवं पूर्व महासचिव पोषण केसीले विज्ञप्ति जारी गरेका छन् । साथै उनले महासंघको अन्तिम बैठकले गठन गरेको केन्द्रीय निर्वाचन समितिलाई यथासक्य चाडो आसन्न पच्चिसौ महाधिवेशन सम्पन्न गर्न जिम्मा दिई विधानतःआफ्नो कार्यकाल समाप्त भएको स्वतः घोषणा गरि पदलोलुपता प्रदर्शन नगर्न पनि सल्लाहकारको रुपमा वर्तमान नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघका सल्लाहकार एवं पूर्व महासचिव पोषण केसीले एक विज्ञप्ति जारी गर्दै आफू अनुकूल सदस्यता वितरण लगायत शाखा अधिवेशनहरुमा सदस्यता प्राप्त पत्रकारहरुलाई समेत अधिवेशबाट वञ्चित गराउने जस्ता असोभनिय कार्यबाट महासंघकै इतिहासमा सर्वाधिक विवादित र आलोचित बन्न पुगेको वर्तमान नेतृत्वले विभिन्न वाहाना देखाएर तोकिएको समयमा महाधिवेशन नगरि विधान विपरित आफ्नो कार्यकाल बढाउने अवैधानिक निर्णय गरेको देख्दा उदेयक र दुख्ख लागेको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘महासंघको संघर्षपूर्ण गौरवमय इतिहासको स्थापित मान्यता र परम्पराका साथै ३ वर्ष भित्र महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतालाई समेत लत्याउदै वर्तमान नेतृत्वले गरेको गैर जिम्मेवारीपूर्ण र गलत निर्णयलाइ कदापी उचित मान्न सकिदैन । यि र यस्तै अनुचित र अशोभनिय क्रियाकलापका कारण महासंघका एक जना पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारले समेत महासंघको गरिमा र मर्यादालाई कायम राख्दै महासंघको बैठकमा सहभागी नहुने औपचारिक घोषणा गर्नु र एक जना निर्वाचित केन्द्रीय सदस्य (दीपेन्द्र कुँवर) ले पनि सोही विषयमा असहमित जनाउदै राजिनामा गर्नु यिनका यथेष्ट प्रमाण हुन्।’
पूर्व महासचिव तथा वर्तमान सल्लाहकारको हैसियतले मैले पनि महासंघको गरिमा र मर्यादालाई ख्याल गर्दै आज दुस्खका साथ भन्नु परेको छ, विधिको शासनका लागि लडेका हामी पत्रकारहरुले विधि र विधान विपरित हुने यस्ता अनुचित कार्यको साक्षी भएर बस्न नसक्ने हुनाले विधान विपरित विभिन्न बहानामा पटक पटक महाधिवेशन तिथि सार्दै आफ्नो कार्यकाल लम्ब्याउने निर्णय प्रति असहमति जनाउदै वर्तमान कार्य समितिको वैधानिकता समाप्त भएको गत वैशाख २० गते May 3rd पछि भएका हरेक निर्णयमा आफ्नो सहमति नभएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
साथै उनले वर्तमान कार्य समितिको वैधानिकता भित्रै गत २०७३ चैतमा नगरकोटमा सम्पन्न महासंघको अन्तिम बैठकले गठन गरेको केन्द्रीय निर्वाचन समितिलाई यथासक्य चाडो आसन्न पच्चिसौ महाधिवेशन सम्पन्न गर्न जिम्मा दिई विधानतः आफ्नो कार्यकाल समाप्त भएको स्वतः घोषणा गरि पदलोलुपता प्रदर्शन नगर्न पनि वर्तमान नेतृत्वलाई आग्रह गरेका छन् ।
प्रकाशित मिति: ११ असार २०७४, आईतवार १२:५९