सुर्खेत, ७ असार । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हुने फोहोरलाई अब देखि रातीमा नै उठाएर व्यवस्थापन गरिने भएको छ । यहि असार १५ गतेदेखि वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा पसलबाट निस्कने फोहोर रातीमा संकलन गरिने भएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा बुधबार भएको सरोकारावालीचको बैठकले पहिलो चरणमा वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचौकसम्मको मुख्य बजार क्षेत्रमा परीक्षणका रुपमा रातीको समयमा फोहोर संकलन गरिन लागेको हो ।
विहान फोहोर संकलन गर्ने गाडी र कर्मचारी बजार प्रवेश गर्दा खुल्ला भएका पसलको फोहोर मात्र संकलन हुने बन्द भएका पसलका फोहोर फेरि नाला र सडकमा फालिने भएकाले त्यसको निराकरणका लागि नयाँ अभ्यास गर्न रातीमा फोहोर व्यवस्थापन गर्न लागिएको हो ।
मुख्य बजारका व्यापारी तथा घरधनीले आप्mनो घर तथा पसलबाट निस्किएको फोहोरजन्य पदार्थलाई ढिलोमा राती ८ बजेसम्म आ–आप्mनो पसल तथा घर अगाडि प्लाष्टिकको थैलोमा पोको पारेर राखिदिनपनि आग्रह गरिएको छ ।
त्यसरी घर तथा पसल अगाडि पोको पारेर राखिएका फोहोरका थैलालाई द ग्रिनसिटीका कर्मचारीले राती नै संकलन गर्ने र बजारको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा पनि बैठकले गरेको छ ।
विगतको तुलनामा बजार षेत्रमा फोहोर व्यवस्थापनमा ६० प्रतिशतले सुधार आएको छ । बैठकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भने, ‘त्यसलाई बढाएर शतप्रतिशत पु¥याउने हाम्रो उद्देश्य हो ।’
फोहोर व्यवस्थापनको क्रम निरन्तर चलिरहने भएकाले त्यसलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै लगिने उनको भनाई छ ।
प्रत्येक टोलमा फोहोर संकलन गर्ने गाडी र कर्मचारी पुग्ने व्यवहारिक समय तालिका निर्धारण गरी सोहि बमोजिम परिचालन गर्ने तयारी पनि भैरहेको नगर प्रमुख सुवेदीले जानकारी दिए ।
यसका साथै फुटपाथ अतिक्रमण गरी पसलका सामान बाटोमा राख्ने प्रवृत्ति अन्त्यका लागि समन्वय गरिदिन पनि नगरप्रमुख सुवेदीले सुर्खेत उद्योग वाणिज्य संघसंग आग्रह गरे ।
पसल बजारबाट निस्कने फोहोर व्यवस्थापनको पहिलो जिम्मेवारी व्यापारी स्वयंको हुने भन्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जथाभावी फोहोर नगर्न व्यापारीहरुलाई आग्रह गरे ।
नगरलाई सफा,स्वस्थ र स्वच्छ राख्नु हरेक व्यापारीको पनि दायित्व भएको भन्दै उनले उप्रान्त आप्mनो पसलको प्लाष्टिक, प्याकेटलगायतका फोहोरजन्य पदार्थलाई थैलोमा बाँधेर पसल अगाडि राखिदिन अनुरोध गरे ।
पसलको सामान बाटोमा राखी फुटपाथ अतिक्रमण नगर्नपनि उनले व्यापारीहरुलाई सुझाव दिएका छन् ।
कार्यक्रमका सहभागीले फोहोर संकलन गर्ने गाडी निर्धारित र समयमा नियमित आउने गरे नालामा फोहोर फाल्नुपर्ने बाध्यता हट्ने बताए ।
वडा नं. ६ अध्यक्ष मोतिप्रसाद कंडेलले विगतका वेथितिहरु हटाउँदै थिति वसाल्ने अभियान शुरु गरिएको भन्दै प्रत्येक नगरवासीले त्यसको शुरुवात आफैबाट गर्न आग्रह गरे ।
प्रकाशित मिति: ७ असार २०७४, बुधबार १७:१९