काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
नवगठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका चार, नेकपा ९माओवादी० केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री रहनुभएको छ ।
फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदार उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री बन्नुभएको छ । त्यस्तै, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र मन्त्री र जनार्दन शर्मा गृह मन्त्री, प्रभु शाह विना विभागीय मन्त्री बन्नुभएको छ ।
नेपाली काँग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान तथा शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रिपरिषद्मा सहभागी सात मन्त्रीमध्ये सबै यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ । प्रधानमन्त्री देउवा नै चौथो पटक प्रधानमन्त्री बन्नुभएको हो ।
लोकतन्त्रको स्थापना २०६२र०६३ पछि गठन भएका सरकारमा महरा र गच्छदार ६र६ पटक मन्त्री बन्नुभएको छ । २०४८ साल देखिको गणना गर्दा विजयकुमार गच्छदार १३ पटक मन्त्री हुनु भएको छ । उहाँ २०६६ सालमा माधवकुमार नेपालको नेतृत्वमा गठित सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बन्नुभएको थियो ।
हाल पनि उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बनेका गच्छदारको उपप्रधानमन्त्री भएको यो पाँचौ पटक हो । उहाँ २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा, २०७२ सालमा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारमा पनि उपप्रधानमन्त्री बन्नुभएको थियो ।
प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार ०७:०२