नगरकोट, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ७ र ८ मा पनि नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ ।
भक्तपुर नपा–७ को वडाध्यक्षमा नेमकिपाका उकेश कवाँले तीन हजार ९०० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवलाल बहाला श्रेष्ठले ४२८ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडा सदस्यमा नेमकिपाकै रञ्जना त्वाती (महिला), हरिरत्न गोर्खाली (खुला) र हेरा ख्याजू (खुला) विजयी भएका छन् ।
यसअघि नै नेमकिपाकै रीजु कपाली (दलित महिला) सदस्यमा निर्विरोध निर्वाचित भइसकेका थिए ।
यसैगरी वडा नं ८ को अध्यक्षमा नेमकिपाकै महेन्द्र खायमलीले एक हजार ९८२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर प्रजापतिले ३०४ मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा नेमकिपाका पञ्चमाया दुवाल (महिला) र खुला सदस्यमा कृष्णगोपाल छुस्यावाग र शिवलाल वाला विजयी भएका छन् ।
पछिल्लो मत परिणामअनुसार
प्रमुखमा
नेमकिपा (सुनिल प्रजापति) २० हजार ७३
काँग्रेस (रामप्रसाद कासुला) पाँच हजार ६१०
उपमेयर
नेमकिपा (रजनी श्रेष्ठ) २० हजार ३१९
काँग्रेस (गङ्गालक्ष्मी अवाल) पाँच हजार ४२०
अहिले भनपा–९ वडाको मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले बताएका छन् । यसअघि नै नेमकिपाले १, २, ३, ४, ५, ६ र ७ वडामा वडाध्यक्षसहित प्यानललै विजयी भइसकेका छन् । रासस
प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १३:३७