म्याग्दी, ३ जेठ । बेनी नगरपालीकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा एमाले का उम्मेदवार निर्वाचित भएका छन् ।
बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र का अणबहादुर खड्का भगवान ले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गरेका छन् ।
सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र देवबहादुर घले निर्वाचित भएका छन् । बेनपा–५ को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाँले ६९९ मत प्राप्त गरेका छन् । सदस्यमा यामकुमारी पाईजा पुन, रीता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।
बेनपा–६ को वडा अध्यक्षमा एमालेका कृष्णबहादुर कार्कीले ७२२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण कार्कीले ३२० मत ल्याएका छन् । वडा सदस्यमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित भएका छन् ।
वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश श्रेष्ठले २७९ मत प्राप्त गरेका छन् । सदस्यमा नेकपा माओवादी केन्द्र का शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मिला पुन किसान निर्वाचित भएका छन् ।
बेनी नगरपालिकाका सातवटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले ४,२६७, काँग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार २८१ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिकाको वडा नं ८, ९ र १० को मतगणना सकिन बाँकी छ । वडा नं १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हीराबहादुर थापा र ३ मा स्वतन्त्र उम्मेदवार पदम पुन निर्वाचित भएका छन् । रासस
प्रकाशित मिति: ३ जेष्ठ २०७४, बुधबार १२:१५