बागलुङ, २८ वैशाख । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुसुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए ।
उनीहरूको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्पmबाट नगरपालिकामा प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाचन चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान ग¥यो । निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा व्यस्त छ ।
उम्मेदवारी फिर्तासँगै तल्ला तहका कार्यकर्तामा चरम असन्तुष्टि देखिएपछि पार्टीले उम्मेदवार नभए पनि पार्टीको नगर कमिटीले चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै घरदैलो गरिरहेको छ ।
उम्मेदवारी फिर्तासँगै तल्ला तहका कार्यकर्तामा चरम असन्तुष्टि देखिएपछि पार्टीले उम्मेदवार नभए पनि नगर कमिटीले चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्दै घरदैलो गरिरहेको छ
पार्टीको आधिकारिक निर्णयविना उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र जिल्ला कमिटीका संयोजक चन्द्रबहादुर बुढा सागर बताउँछन् । तर, उम्मेदवार बुढा र श्रेष्ठले भने नेताहरूको सल्लाह र निर्देशनमा उम्मेदवारी फिर्ता लिएको दाबी गर्छन् ।
उम्मेदवारी फिर्ता लिएपछि माओवादी पंक्तिबाट चर्का विरोध भइरहेको छ । नेतादेखि कार्यकर्तासम्मको विरोधलाई ध्यानमा राखेर माओवादी नगर कमिटीले आफ्नै चिह्नमा मत दिन मतदातालाई आग्रह गरेको छ । उम्मेदवारी फिर्ता लिए पनि माओवादी नगर कमिटीले बुधबारसम्म कुनै पनि पार्टीसँग चुनावी एकता गरेको छैन ।
बागलुङ नगरपालिकामा ७२ पदका लागि नौवटा दलका १ सय ९५ जना प्रतिस्पर्धामा छन् । नगरमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रापले तालमेल गरेर उमेदवारी दर्ता गराएका छन् । उमालेले प्रमुख र राप्रपाले उपप्रमुख पद लिएपछि वडामा राष्ट्रिय जनमोर्चासँग तालमेल छ । तीन दलको तालमेलसँगै माओवादी केन्द्रमा उमेदवारले उम्मेदवारी फिर्ता लिएपछि यतिबेला पार्टी पंक्तिभित्रसमेत चरम विवाद छ ।
उम्मेदवारी फिर्ता लिएपछि माओवादी जिल्ला कमिटीले उम्मेदवारमाथि छानबिन गरी आवश्यक कारबाही गर्ने बताएको छ । पार्टीसँग सल्लाहविना उम्मेदवारी फिर्ता भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले बताए ।
‘कुनै अमुक पार्टीलाई समर्थनको नाममा लिएको उम्मेदवारी फिर्ताले पार्टीको अस्तित्वमाथि संकट परेको छ । आवश्यक कारबाही हुन्छ,’ बुढाले भने । माओवादी केन्द्र बागलुङ नगर कमिटीका अगुवा कार्यकर्ता तथा उम्मेदवारसहितको बैठकले उम्मेदवारी फिर्ता लिएपछि आमनेता, कार्यकर्ता र नागरिकमा निराशा छाएको निष्कर्षसहित दुवै पदमा पार्टीको चिह्नमा मतदान गर्ने निर्णय गरेको जिल्ला प्रचार विभाग प्रमुख कृष्ण केसीले जानकारी दिए ।
पार्टीका केन्द्रीय तहमा पहुँच राख्ने नेताहरूका कारण पार्टीले अस्तित्वसमेत नरहने गरी उम्मेदवारी फिर्ता लिएको भन्दै जिल्ला स्तरीय नेता–कार्यकर्तामा तीव्र असन्तुष्टि छ । सामाजिक सञ्जालमार्फत शान्ति प्रक्रियापछि पार्टी प्रवेश गरेका नेताहरूले पार्टीलाई सिध्याउन लागेको उनीहरूले आरोपसमेत लगाएका छन् ।
वाम तालमेल र त्यसपछि कांग्रेससँगको कार्यगत एकतामा समेत चुकेको भन्दै जिल्ला स्तरीय नेतृत्वबाट असन्तुष्ट बनेका गाउँ र नगरका नेता–कार्यकर्ताले गाउँ र वडा तहमा भने कतिपय स्थानमा कांग्रेस र कतिपय ठाउँमा एमालेसँग सहकार्य गरेको जनाएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार ०६:५७