काठमाडौँ, २१ वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टिका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सबै जिल्लामा केन्द्रिय सदस्यहरुलाई केन्द्रिय प्रतिनिधीका रुपमा खटाएको छ ।
काँग्रेसका वरिष्ठ नेता एवम् केन्द्रिय निर्वाचन तथा परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. ३, ४ र ६ का सबै जिल्लामा पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रिय सदस्यलाई जिल्लामा खटाएको हो ।
बैठकले उमाकान्त चौधरीलाई दोलखा, डा. नारायण खड्कालाई रामेछाप, रामकृष्ण यादव सिन्धुली, बलबहादुर के.सी. काभ्रे, आनन्द ढुंगाना भक्तपुर, महेश आचार्य र लक्ष्मी परियार काठमाण्डौ, फरमुल्लाह मंसुर ललितपुर, गुरुराज घिमिरे धादिङ, कल्याण कुमार गुरुङ चितवन, कृष्ण प्रसाद सिटौला सिन्धुपाल्चोक, चित्रलेखा यादवलाई नुवाकोटमा खटाएको छ ।
त्यस्तै बैठकले रमेश रिजाललाई मकवानपुर, मानबहादुर विश्वकर्मा रसुवा, पुष्पा भुषाल गोरखा, भीष्मराज आङदम्वे लमजुङ, डा. मिनेन्द्र रिजाल तनहुं, डा. शेखर कोईराला कास्की, डा. डिला संग्रौला स्याङजा, सरिता प्रसार्इं पर्वत, ज्ञानेन्द्र बहादुर कार्की वाग्लुङ, किरण यादव म्याग्दी, सुजाता परियार नवलपुर, दिलेन्द्रप्रसाद बडुलाई सुर्खेत खटाएको छ ।
विश्वप्रकाश शर्मा दैलेख, एन.पी. साउद जाजरकोट, अजयकुमार चौरासिया कालिकोट, बद्री पाण्डे मुगु, बीरबहादुर बलायर जुम्ला, महेन्द्र यादव डोल्पा, पार्वता डि.सी. चौधरी हुम्ला, चन्द्र भण्डारी रुकुम, किशोर सिंह राठौर सल्यान, मीन विश्वकर्मा मुस्ताङ, सिता गुरुङलाई मनाङमा खटाएको पार्टी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १२:४८