सुर्खेत, १९ बैशाख । लामो समयपछि हुने लागेको पहिलो चरणको स्थानीय निकाय निर्वाचनमा सुर्खेतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका सहित सुर्खेतका ५ नगरपालिका र ४ गाउँपालिकामा राजनीतिक दलका झण्डै ९ सय भन्दा धेरैले उम्मेदवारी दर्ता गरएका छन् ।
वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा देवकुमार सुवेदी, उपमेयरमा जानकी सिंह, नेकपा एमालेबाट मेयरमा बालाराम शर्मा, उपमेयरमा मोहनमाया ढकाल र नेकपा माओवादी केन्द्रबाट मेयरमा रत्न गाहामगर र उपमेयरमा हरिमाया शर्माले उम्मेदवारी दर्ता गरएका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारका रुपमा गेहेन्द्रप्रसाद दाहालले मेयर र उपमेयरमा भोजराज चपाईले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी लेकवेसी नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेश पौडेल उपमेयरमा लिलमति विक, एमालेबाट गगनसिंह सुनार उपमेयरमा शान्ति छन्तेल र माओवादी केन्द्रबाट खड्क घर्ती उपमेयरमा आरती विकले मनोनयन दर्ता गराएका छन् ।
गुर्भाकोट नगरपालिमा नेपाली कांग्रेसबाट मेयरमा हस्त पुन, उपमेयर मैना विक, एमालेबाट देवबहादुर खत्री, उपमेयरमा सुशीला विक, भेरीगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट भूपेन्द्रबहादुर चन्द उपमेयरमा रेणु ढकाल, एमालेबाट यज्ञप्रसाद ढकाल, उपमेयरमा चन्द्रा आचार्य र माओवादी केन्द्रबाट मेयरमा कृष्णप्रसाद गिरी उपमेयरमा डिलसरा थापा रहेका छन् ।
यसैगरी पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा उपेन्द्रबहादुर थापा उपमेयरमा मुक्ति रेग्मीपुरी, एमालेबाट मेयरमा मनबहादुर विक, उपमेयरमा राजकुमारी तिवारी र माओवादी केन्द्रबाट मेयरमा धनबादुर विक उपमेयरमा सिता पाण्डेले मनोनयन दर्ता गरेका छन् ।
सिम्ता गाउँपालिकामा ४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यसैगरी चिंगाढ गाउँपालिकामा ७२, वराहताल गाउँपालिकामा झण्डै २ सय, चौकुने गाउँपालिकामा ३ सयले उम्मेदवारी दर्ता गरेकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्च, नेपाल मजदुर किसान पार्टीलगायतले सुर्खेतका नगरपालिका तथा गाउँपालिकामा मानोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार १९:१२