सल्यान, १५ बैशाख । नेपाली कांग्रेस र एमाले सल्यानले जिल्लाका दश वटै स्थानीय तहका उम्मेदवारहरु छनौट गरेका छन् । उनीहरु चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
नेकपा माओबादी केन्द्रले भने वडा स्तरका उम्मेदवारहरुको टुंगो लगापनि केही नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको विवादका कारण छनौट गर्न सकेको छैन ।
नेपाली कांग्रेस सल्यानको बिहीवार बसेको बैठकले उम्मेदवारहरु टुंगो लगाएको हो । कांग्रेस सल्यानले क्षेत्र नम्बर १ र २ बाट सिफारिस भई आएका उम्मेदवारहरुको नामावलीमा जिल्लास्तरमा छलफल गरी छनौट गरिएको कांग्रेस क्षेत्र नम्बर १ का सचिव पवनराज के.सी. ले जानकारी दिए ।
कांग्रेस सल्यानले छनौट भएका उम्मेदवारहरुलाई टिकट दिई चुनावी अभियानका लागि गाँउ–गाँउमा खटाईसकेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले विवादित नामावलीहरुमा क्षेत्रमा नै छलफल गरी टुंग्याएर जिल्लामा सिफरिस गरेको थियो भने क्षेत्र नम्बर १ को विवाद टूंगिन नसकेपछि काँग्रेस क्षेत्र नं १ ले गाउँपालिका तथा नगरपालिकाबाट आएका सबै नामावली जिल्लामा पठाएपछि जिल्लामा गठित कार्यदलले सबैको नाम टुंगो लगाएको हो ।
कांग्रेस सल्यानले बागचौर नगरपालिका प्रमुखमा गोरख बहादुर खत्री, उपप्रमुख मेनका चन्द, बनगाड कुपिन्डे नगरपालिका प्रमुख दिपेन्द्र बिष्ट, उपप्रमुख लक्ष्मि सुनार, दार्मा गाँउपालिका अध्यक्ष रामचन्द्र के.सी. उपाध्यक्ष बिमला चन्द, कुमाखमालिका गाँउपालिका अध्यक्ष बिबेक सिंह राठौर,उपाध्यक्ष उर्मिला राणा, ढोरचौर गाँउपालिका अध्यक्ष नरबिर चलाउने उपाध्यक्ष बिमला रेउले लाई छनौट गरेको छ ।
काँग्रेस क्षेत्र नम्बर २ मा रहेका नगरपालिका र गाँउपालिकाहरु मध्य शारदा नगरपालिकाको प्रमुखमा सुरेश अधिकारी र उप प्रमुख साबित्रा बस्नेत, छत्रेश्वरी गाँउपालिकाको अध्यक्षमा सन्तोष के.सी., उपाध्यक्षमा सिता के.सी., कालिमाटी गाँउपालिका अध्यक्षमा भरत पुन, उपाध्यक्ष कमला अधिकारी, कपुरकोट गाँउपालिकामा अध्यक्ष दुर्गा गिरी, उपाध्यक्ष ओकी महतारा, त्रिबेणी गाँउपालिकामा मान बहादुर डाँगी अपाध्यक्ष करुणा गिरी लाई सर्वसम्मत सिफारिस गरिएको छ ।
यसैगरी नेकपा एमाले ले पनि जिल्लाका सबै नगरपालिका र गाँउपालिकाका उम्मेदवारहरुको छनौट गरी प्रदेशमा सिफारिस गरेको छ । सा्रेत ले दिएको जानकारी अनुसार नेकपा एमालेले वागचौर नगरपालिकाको मेयरमा लोक बहादुर डाँगी, उपमेयरमा ओकादेबी खत्री, शारदा नगरपालिकाको मेयरमा राम खड्गी, उपमेयरमा सरिता हमाल, कपुरकोट गाँउपालिकाको अध्यक्षमा भिम बहादुर सेन, कुमाख गाँउपालिकाको अध्यक्षमा भैरब बहादुर शाह, छत्रेश्वरी गाँउपालिकाको अध्यक्ष हरि के.सी., वनगाड कुपिन्डे नगरपालिकाको मयरमा गोबिन्द पुन लाई सिफारिस गरेको छ ।
त्यस्तै कालिमाटी गाँउपालिकाको अध्यक्षमा टेकमान वली लाई अघि सारेको छ । एमालेले दार्मकोट गाँउपालिकामा दल बहादुर केसी को नाम अध्यक्षमा अगाडी सारेको र उपाध्यक्षको टुंगो नलगाएको हुँदा अरु पार्टीसँग समिकरणको ढोका खुलै राखेको बुझिएको छ ।
यता नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु छनौट गरेको छ । यहाँ रहेका ७ गाउँ र ३ नगरपालिकाका उम्मेदवारहरुको नाम अनुमोदन र सिफारिस गरेको जनाएको छ । गाउँपालिका र नगरपालिकाबाट सर्वसम्मत आएका उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ एक पदमा धेरै सिफारिस आएका प्रदेश समितिमा सिफारिस गरिएको छ ।
दार्मा गाउँपालिकामा अध्यक्षमा निमराज केसी, उपाध्यक्षमा टिका वली, छत्रेश्वरीमा चित्रवहादुर केसी र राधा शर्मा, त्रिवेणीमा अजय रोका र लिलावती वुढा, कपुरकोटमा प्रकाश भण्डारी र एलिना राना, ढोडचौरमा नरविर चलाऊने र भूमि वुढाथोकीलाई अध्यक्ष र उपाध्यक्षमा सर्व सम्मत छनौट गरेको माओवादी केन्द्र सल्यानले जनाएको छ ।
यस्तै शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ र झरणा वुढाथोकी, वनगाड कुपिण्डे नगरपालिकामा कर्णवहादुर वुढाथोकी र मञ्जु यरी मेयर र उपमेयरमा सर्वसम्मत छनौट भएका छन् । एक पदमा धेरैको सिफारिस वागचौर नगरपालिकामा मेयरमा ज्ञानवहादुर वली, लोकमान वुढाथोकी र टिकाराम वली, उप मेयरमा कल्पना पुन, सुम्नीमा डिसी र कमला वलीको सिफारिस भएको छ ।
यस्तै कालीमाटी गाउँपालिकामा अध्यक्षमा जीतवहादुर पुन, पुरुषोत्तम भटराई, रुद्रवहादुर घर्तिको नाम सिफारिस भएको छ र यहाँ भने उपाध्यक्षमा प्रिती डिसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ । कुमाखमालिका गाउँपालिकामा अध्यक्षमा धर्मे वुढाथोकी, तिलविर वुढाथोकी, दिलमाया विएम, उपाध्यक्ष डिल्लीप्रसाद जैसीको नाम सिफारिस भएको छ ।
अध्यक्षमा सिफारिस भएका तिनै जना साविकका कालागाउँ गाविसका रहेकाले क्षेत्रीय सन्तुलन मिलाऊन पनि उपाध्यक्षमा जैसीको एकल सिफारिस आएकाले दिलमाया वुढाले प्रमुखको टिकट स्विकृत भएर आऊने माओवादी नेताहरुको भनाई छ ।
गाउँपालिका र नगरपालिकावाट सर्व सम्मत आएका उम्मेदवारहरुका नाम वाहेक एक पदमा दुई तिन जनाको नाम सिफारिस भएर आएको नाम भने प्रदेशमा सिफारिस गरिएको जिल्ला ईञ्चार्ज नेववहादुर कवँर विवेकले बताए । उनले भने, ‘सर्वसम्मत आएका नाम अनुमोदन गरी प्रदेशमा पठाएका छौं, एकै पदमा धेरैका नाम आएका प्रदेशमा एक छानेर पठाई दिन सिफारिस गरेका छौ ।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले शारदा नगरपालिकाको लागी पार्टीका सहमहामन्त्रि मनोज प्रधान लाई मेयरमा लडाउने भएको छ ।
यस्ता छन सल्यानमा काँग्रेसका उम्मेदवारहरु ।
सल्यान क्षेत्र नम्बर १ अन्तर्गत
वागचौर नगरपालिका
प्रमुख –गोरख बहादुर खत्री
उपप्रमुख –मेनका चन्द
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष –नेत्र बहादुर डाँगी
वडा नं २ अध्यक्ष –दिपेश डाँगी,
वडा नं ३ अध्यक्ष –भिम प्रकास भन्डारी
वडा नं ४ अध्यक्ष –धन बहादुर घती
वडा नं ५ अध्यक्ष –ईन्द्र प्रकास शाही
वडा न ६ अध्यक्ष –गंगाराम वली
वडा नं ७ अध्यक्ष –शेर बहादुर घती
वडा नं ८ अध्यक्ष –क्षेत्र बहादुर चन्द
वडा नं ९ अध्यक्ष –झक्कु प्रसाद वली,
वडा नं १० अध्यक्ष –अम्मर बहादुर गिरी
वडा नं ११ अध्यक्ष –मान बहादुर वली
वडा नं १२ अध्यक्ष –टिकाराम वली
वनगाड कुपिन्डे नगरपालिका
प्रमुख –दिपेन्द्र बिष्ट
उपप्रमुख –लक्ष्मि सुनार
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष –नारायण राज बिसी,
वडा नं २ अध्यक्ष –जिवराज राणा
वडा नं ३ अध्यक्ष –राकेश पुन
वडा नं ४ अध्यक्ष –खिमलाल बुढाथोकी
वडा नं ५ अध्यक्ष –डिल बहादुर राना
वडा न ६ अध्यक्ष –पुरुषोत्तम आचाय
वडा नं ७ अध्यक्ष –मनोज कुमार शाह
वडा नं ८ अध्यक्ष –भिम बहादुर राना
वडा नं ९ अध्यक्ष,–९ मान बहादुर यरी
वडा नं १० अध्यक्ष –जरसिहं थापा
वडा नं ११ अध्यक्ष –मिन बहादुर शाह
वडा नं १२ अध्यक्ष –लाल बहादुर घर्तीमगर
गाउँपालिकाहरु
ढोरचौर गाउपालिका
प्रमुख– नरबिर चलाउने
उपप्रमुख – बिमला रेउले
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष –तेज बहादुर बुढाथोकी
वडा नं २ अध्यक्ष –भद्र बहादुर चलाउने
वडा नं ३ अध्यक्ष –जिबराज वोहरा
वडा नं ४ अध्यक्ष –दिनेश कुमार बि.एम.
वडा नं ५ अध्यक्ष –चुडामणी रेउले
कुमाखमालिका गाउँपालिका
प्रमुख –बिबेकसिंह राठौर
उपप्रमुख– उर्मिला राणा
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– गोपाल बहादुर बुढाथोकी
वडा नं २ अध्यक्ष –ईश्वरी शाही
वडा नं ३ अध्यक्ष –भुपेन्द्र कुमार राना
वडा नं ४ अध्यक्ष –कालिदास के.सी.
वडा नं ५ अध्यक्ष –खड्ग बहादुर बोहरा
वडा न ६ अध्यक्ष –भिम बहादुर वली
वडा नं ७ अध्यक्ष –टिकाराम खत्री
दार्मा गाउँपालिका
प्रमुख –रामचन्द्र के.सी.
उपप्रमुख – बिमला चन्द
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– यज्ञ बहादुर चन्द
वडा नं २ अध्यक्ष –डिल्ली बहादुर चन्द
वडा नं ३ अध्यक्ष –नरेश रावत
वडा नं ४ अध्यक्ष –बिष्णु चन्द
वडा नं ५ अध्यक्ष –कृपे खड्का
वडा न ६ अध्यक्ष –हरिकिरण बस्नेत
सल्यान क्षेत्र नम्बर २ अन्तर्गत
शारदा नगरपालिका
प्रमुख –सुरेश अधिकारी
उपप्रमुख –साबित्रा बस्नेत
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष –प्रदिप कुमार पान्डे
वडा नं २ अध्यक्ष –सन्तोष शाह
वडा नं ३ अध्यक्ष –वालकृष्ण भन्डारी
वडा नं ४ अध्यक्ष –सुधन बिष्ट
वडा नं ५ अध्यक्ष –प्रदिप शाही
वडा नं ७ अध्यक्ष –हुकुम बहादुर बुढाथोकी
वडा नं ८ अध्यक्ष –जुद्ध बहादुर बुढाथाकी
वडा नं ९ अध्यक्ष –चक्र बहादुर घर्ती
वडा नं १० अध्यक्ष –खुम बहादुर कवर
वडा नं ११ अध्यक्ष –रेशम बहादुर थापा
वडा नं १२ अध्यक्ष –दिपक हमाल
वडा नं १३ अध्यक्ष –तुल्सिराम रावत
वडा नं १४ अध्यक्ष –कृष्ण बहादुर गिरी
वडा नं १५ अध्यक्ष –हिमेन्द्र बाबु सेजवाल
त्रिबेणी गाउँपालिका
प्रमुख –मान बहादुर डाँगी
उपप्रमुख – करुणा गिरी
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– ईम बहादुर थापा
वडा नं २ अध्यक्ष –मेघराज रोका
वडा नं ३ अध्यक्ष –हुकुम प्रसाद महतारा
वडा नं ४ अध्यक्ष –छबिराज शर्मा
वडा नं ५ अध्यक्ष –गोपीलाल बुढा
वडा न ६ अध्यक्ष –मान बहादुर वली
कपुरकोट गाउँपालिका
प्रमुख –दुर्गा गिरी
उपप्रमुख – ओकी महतारा
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– चक्र बहादुर घर्ती
वडा नं २ अध्यक्ष –अम्ब बहादुर घर्ती
वडा नं ३ अध्यक्ष –मिन बहादुर सेन
वडा नं ४ अध्यक्ष –चन्द्र प्रकास बुढा
वडा नं ५ अध्यक्ष –गिरीराज वली
वडा न ६ अध्यक्ष –ईश्वरी प्रसाद वुढाथोकी
कालिमाटी गाउँपालिका
प्रमुख –भरत पुन
उपप्रमुख – कमला अधिकारी
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– टोप बहादुर भन्डारी
वडा नं २ अध्यक्ष –बेल बहादुर पुनमगर
वडा नं ३ अध्यक्ष – शिब बहादुर खत्री
वडा नं ४ अध्यक्ष –पारसमनी वली
वडा नं ५ अध्यक्ष –चुडामणी खड्का
वडा न ६ अध्यक्ष –रमेश कुमार धुरेलमगर
वडा न ७ अध्यक्ष –नैनसिह रानामगर
छत्रेश्वरी गाउँपालिका
प्रमुख –सन्तोष के.सी.
उपप्रमुख – सिता के.सी.
वडाध्यक्षहरु
वडा नं १ अध्यक्ष– नेब बहादुर शाह
वडा नं २ अध्यक्ष –कृष्ण बहादुर बस्नेत
वडा नं ५ अध्यक्ष –शिब प्रसाद खत्री
वडा न ६ अध्यक्ष –चुडामणी दशौदी
वडा न ७ अध्यक्ष –शेर बहादुर बस्नेत
प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १७:२४