कालीकोट, ११ बैशाख । आर्थिक समृद्धि र जिल्लाको पहिचानका लागि भन्दै कालीकोटका किशोरीहरु संगठित भएका छन् । किशोरीहरुको प्रयासमा जिल्लाको आर्थिक विकासका सम्भावना पहिचान गरी गाउँमै रोजगार सिर्जना गर्ने भन्दै उनीहरु संगठित भएका हुन् ।
भर्खर माध्यामिक तह पढ्दै गरेका तिलागुफा नगरपालिका १ नाग्मबजारका किशोरीहरुले गाउँमै सहकारी संस्था स्थापना गरी सामुहिक व्यवसायमा माध्यमद्धारा विभिन्न अवसरहरुको खोजीमा जुटेका हुन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न कठिन भएका किशोरीहरु आर्थिक अवस्था सुधार गर्न तम्सिएका हुन् ।
गाउँमै रोजगारी सिर्जना गरी सदस्यहरुको आर्थिक र सामाजिक बिकास गर्ने लक्ष्यका साथ सहकारी संस्थाका माध्यमद्धारा किशोरीहरु संगठित गरी व्यवसायमा लगाइने तिलाकर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष जर्माकुमारी शाहीले बताइन् । ‘हामीले सदस्यको आर्थिक बिकासका लागि मात्र होइन् जिल्लाको पहिचान दिलाउने उद्देश्यले यो कार्यमा लागेका हौ’ अध्यक्ष शाहीले भनिन्, ‘स्थानीय स्रोत र साधनहरुको पहिचान र उपभोग गरी जिल्लाको पहिचान दिलाउने हाम्रो लक्ष्य छ ।’
कोही कसैले पनि एक्लै व्यवसाय गर्न सहज नभएकाले किशोरीहरु सहकारीतर्फ आकर्षित भएको उनले बताइन् । ‘महिलालाई हेर्ने समाजिक दृष्टिकोण सकारात्मक छैन’ उनले भनिन्, ‘महिला माथिका विभिन्न चुनौती सामना गर्न पनि किशोरीहरु एकजुट हुनु परेको हो ।’ घरको आर्थिक अवस्था कमजोर भएका र विभिन्न कारणले विद्यालय छोड्नु परेको यूवाहरुले गैरसरकारी संस्थाले सञ्चालन गरेको विभिन्न उद्यमशिलता तालिममले उनीहरुलाई सामुहिक व्यवसायमा आकर्षित गरेको उनीहरुको भनाई छ । संस्थामा विभिन्न किसिमका सीपमुलक तालिम लिएका सदस्यहरुको संख्या पनि छ उनीहरुको सीपलाई सदुपयोग गरिने अध्यक्ष शाहीले बताइन् ।
यहाँका किशोरीहरुले स्थानीय उत्पादको प्रयोग र बिक्रि वितरण्मलाई बढाउने विश्वास गरेका छन् । कालीकोटका जंगलहरुमा पाईने विभिन्न प्रजातीका जडिबुटीहरुबाट उत्पादित जडिबुटी चिया नेपालका हरेक शहरमा उनीहरुले पु¥याउन चाहेको बताए । ‘सहकारीबाट हामी यहाँको जडिबुटी संकलन प्रशोधन र चिया उत्पादन गरी नेपालका विभिन्न ठाउँमा पु¥याउन चाहन्छौ’ तिलाकर्णाली जडिबुटी उत्पादक सहकारी संस्थाका सचिव कल्पना महताराले भनिन्, ‘यस्ले यहाँका यूवाहरुलाई रोजगारी सिर्जना गर्नुको साथै कालीकोटको पहिचानलाई झल्काउने छ ।’ यूवाहरुले काम छोडेर जागिर खोज्ने प्रवृत्तीले यूवाहरु बिदेशिनु परेको उनीहरुको बुझाई छ ।
भिडिसेफ नेपाल कालीकोट र सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा यूवा क्लवले अगुवाई गरी सूचना केन्द्र स्थापना गरी सञ्चालन गरेका यहाँका यूवाहरुले सहकारीमा बचत तथा ऋण, चिया उद्योग स्थापना र सूचना केन्द्रमा यूवाहरुलाई रोजगारी दिन सकिने बताएका छन् । २५ जना शेयर सदस्य रहेको सहकारीमा १० जनालाई सजडिबुटी चिया उत्पादन सम्बन्धी तालिम पनि सञ्चालन गरिरहेको उनीहरुले बताएका छन् । सेभद चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपालले विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका तथा बिचमै पढाइ छोड्नु पर्ने बाध्यता भएका १८ बर्षदेखि २२ बर्ष उमेर समूहका यूवाहरुलाई यूवा सशक्तिकरण परियोजना सञ्चालन गरेपछि यहाँका यूवाहरु गाउँको समृद्धिका लागि अग्रसर भएका छन् ।
स्वरोजगार बन्न चाहने यूवाहरुलाई सहकारीमार्फत ऋण उपलब्ध गराउने तथा यूवाहरुको सीप र क्षमता अनुसार आयआर्जनका काम गर्न प्रोत्साहन गरिने भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटीले बताए । ‘यूवाहरुले गाउँमै रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्न सक्छन भन्ने हामीलाई विश्वास छ’ बोगटीले भने,‘यसका लागि हामीले आवश्यक तालिम र अवसर प्रदान गरेका छौ ।’
प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार ०७:४५