बर्लिन, ४ वैशाख । जर्मनी चान्सेलर एञ्जेला मार्केलले सोमबार टर्कीका राष्ट्रपति रेसेप तयिप इन्र्डोगानलाई सम्मानजनक वार्ताको लागि आग्रह गरेका छन् ।
टर्कीमा गत आइतबार राष्ट्रपति इर्डोगानको शक्ति बढाउने उद्देश्यले सम्पन्न जनमतसङ्गहमा अत्यन्त जिनो मतको अन्तरमा इन्र्डोगानाको पक्षमा जनमतसङ्ग्रहको परिणाम आएपपछि मार्केलले सो आग्रह गरेका हुन् ।
यस जनमतसंग्रहगको ९९ प्रतिशत भन्दा बढी मत गणणा भइसकेपछि इर्डोगानको पक्षमा ५१ प्रतिशत भन्दा अलिकति बढी मात्र मतदान भएको थियो ।
संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तनको लागि हुने गरी संशोधन गर्नसक्ने राष्ट्रपतिलाई अधिकार दिइने ‘हुन्छ या हुदँैन् ’ भन्ने विषयलाई लिएर यस जनमतसङ्ग्रह भएको थियो ।
यस जनमतसङ्ग्रहमा मतदानको लागि पाँच करोड ५३ लाखभन्दा बढी टर्कीजयोग्य रहेका थिए ।
टर्कीमा हाल विद्यमान सबै राजनीतिक पार्टी र समाजिक पक्षलाई अर्थपूूर्ण वार्ताको लागि राष्ट्रपति सम्बोधन गर्ने जर्मन सरकारले आशा गरेको मार्केल र विदेशी मन्त्री सिगमर गाब्रीएलद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
जनमतसङ्गह इर्डोगानको पक्षमा गएपछि टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा पनि बढी इर्डोगान शक्तिशाली हुने बताइएको छ ।
टर्कीका विषक्षी नेताहरुले भने यस जनमतसङ्ग्रहको वैधानिकताको विषयमा प्रश्न उठाएका छन् । यस जनमतसङ्ग्रहमा आफ्नु विजय भएकोमा अत्यन्न उत्साहित भएका राष्ट्रपति इर्डोगानका समर्थकहरुले यस विजयबाट इर्डोगानलाई अर्को १२ वर्षसम्म राष्ट्रपति पदमा अवस्थित रहने गरी संविधान परिवर्तन गर्न सक्ने बताएका छन् ।
राष्ट्रपति इर्डोगानले टर्कीमा मृत्युदण्डको सजाय पुनः कायम गर्नसक्ने गरी पनि जनमत सङ्ग्रहग गर्ने बताउँदै आएका थिए । यद्यपि युरोपेली सङ्घले भने यस्तो व्यवस्था गरेमा टर्कीलाई सदस्यता दिनेबारेमा छलफल समाप्त हुने चेतावनी दिएको थियो । रासस -एएफपी
प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार १८:२७