तुल्सीपुर (दाङ), २१ चैत । आज यहाँ बसेको सर्वपक्षीय बैठकले राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालय, तुलसीपुर दाङको कार्यालय भवन तोकिएको समयमा गुणस्तरीय, पारदर्शी र मजबुत बनाउनका लागि रेखदेख तथा निगरानी समिति गठन गरेको छ ।
समितिको संयोजकमा वृद्ध सेवा समिति तथा ज्येष्ठ नागरिक समाज, तुलसीपुरका संयोजक खुमान्द अधिकारी रहनुभएको छ भने सदस्यहरुमा सामुदायिक प्रहरी सेवा तुल्सीपुरका उपाध्यक्ष वसन्तकुमार खड्की, तुलसीपुर उद्योग वाणिज्य सङ्घका सचिव मीनराज भण्डारी, तुल्सीपुर उपमहानगरपालिकाका प्रतिनिधि पवनकुमार योगी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रतिनिधि विष्णु श्रेष्ठ, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, नेपाल पत्रकार महासङ्घका सदस्य भरतराज शर्मा, युवा व्यवसायी यज्ञबहादुर केसी, महिला अधिकारकर्मी यमुना शाह, निरा योगी, शारदा वली, स्थानीय टोलका प्रतिनिधि शदन गिरी, गोमा केसीलगायतका छन् ।
त्यसैगरी समितिका सल्लाहकारमा तुल्सीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजाल, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, समाजसेवीहरु वामदेव शर्मा, घनश्याम अधिकारी, खुसल आले तथा नागरिक अगुवा रुद्रमणि शर्मा र खिमनारायण श्रेष्ठलगायतका छन् ।
सो अवसरमा रासस राप्ती अञ्चल कार्यालयका प्रमुख नारायणी रजौरेले निर्माण गर्न लागिएको संरचनालाई तोकिएको समयभित्र गुणस्तरीय तरिकाले सम्पन्न गर्नका लागि निगरानी समिति गठन गरिएको बताए ।
रासस आमनागरिकको सम्पत्ति रहेको र यस निर्माण कार्यमा सक्रिय भएर रेखदेख गर्नु सबैको साझा दायित्व पनिभएको उनले बताए ।
निर्माण गर्न लागिएको उक्त कार्यालय भवन पाँचकोठाको छ । सो भवन निर्माणको जिम्मेवारी फूलबारी कन्स्ट्रक्सन प्रालि तुल्सीपुरले पाएको छ । निर्माणका लागि छ महिनाको अवधि तोकिएको छ । रासस
प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार १३:३९