नेपालगन्ज, १६ चैत । पत्रकार जयनारायण शाहलाई लायन्स क्लब अफ नेपालगन्जले सम्मान गरेको छ ।
पत्रकारिता, खेलकुद, इभेन्ट म्यानेजमेन्ट, गीत सङ्गीतलगायत विभिन्न सामाजिक क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै क्लवको २० औँ स्थापना दिवसको अवसरमा मंगलबार यहाँ सम्मान गरिएको हो ।
पत्रकार शाहले आफ्नै अगुवाइमा नेपालगन्जमा अन्तराल संस्था स्थापना गरी सञ्चार क्षेत्रका साथै खेलकुद, इभेन्ट म्यानेजमेन्ट, गीतसङ्गीत, वन्यजन्तु संरक्षणलगायतका क्षेत्रमा कार्यक्रम आयोजना गर्दै आएका छन् ।
हिमालय टेलिभिजनको मध्यपश्चिम क्षेत्रीय व्यूरो कार्यालय, नेपालगन्जका प्रमुखसमेत रहेका शाह वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय छन् ।
हाल नेपाल प्रेस युनियन, बाँकेका अध्यक्षसमेत रहेका शाह सङ्कटकालको समयमा नेपाल पत्रकार महासङ्घ बाँकेको सचिव रहँदा माघ १९ पछिको प्रेस तथा अभिव्यतिm स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा नागरिक अगुवाकै रुपमा सक्रिय रहेका थिए ।
उनको जनआन्दोलनसम्वन्धी पुस्तक ‘जनता उठेपछि’ समेत प्रकाशित छ । उतm पुस्तकमा केन्द्रित रहेर त्रिभुवन विश्वविद्यालयका केही विद्यार्थीले शोधपत्र समेत तयार गरेका छन् ।
त्यसैगरी, जुम्लाका विश्व कीर्तिमानी खेलाडी हरिबहादुर रोकायको जीवनीमा आधारित डकुमेन्ट्री ‘हरिबहादुर अ हिडेन गिनिज वल्र्ड रिकर्ड होल्डर’ का निर्देशकमध्येका एक शाह फोटोग्राफीमा पनि रुची राख्छन् । रासस
प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार १०:०६