बाग्लुङ । नेपाल निजामती कर्मचारी युनियन (संघ)को एकता महाधिबेशन चितवनमा हुँदै छ । त्यसकालागि नयाँ नेतृत्व लिनकालागि ४ जनाका आकक्षीहरु अहिले देखिएका छन् । उनीहरुले निजमाति कर्मचारी संघलाई आधिकारिक ट्रेड युनियन भन्दा गतिशिल बनाउने गरि तयारी थालिएको बुझिएको छ । आसन्न महाधिबेशनलाई लक्षित गरि हामीले नेपाल निजामति कर्मचारी (संघ) बाग्लुङका अध्यक्ष देब शर्मासँग कुरा गरेका छौँ ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) को निर्वाचन फेरि पनि स्थगित हुन्छ भन्ने छिटपुट हल्ला छ के यस संगठनका नेतृत्वले फेरी टिका टालो गर्न खोजेका हुन् ?
नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संघ बीच एकिकरण भए पछिको पहिलो एकता अधिबेशनको रुपमा लिइएको यस सातौँ केन्द्रिय महाधिबेशनले नेपाल भरी नै वास्तविक एकताको झल्नको दिनेगरी जिल्ला जिल्लाबाट अधिबेशन सम्पन्न भइसकेको छ । यस अवस्थामा पनि अधिबेशन रोकिने कुरा कल्पना पनि गर्न सकिँदैन । अधिबेशन विभिन्न बाधा अवरोध र कठिनाइका बाबजुद पनि सम्पन्न हुने तयारीमा छ । जहाँ सम्म रह्यो कुरा निर्वाचन आचार संहिताको । नेपाल पारा भेटेनरी एशोसिएशन को केन्द्रिय अधिबेशन पनि यहीँ चैत १३ गते देखि काठमाडौमा हुँन गरहेको सम्बन्धमा नेपाल निजामति कर्मचारी युनियनको अधिबेशनलाई आचार संहिता लाग्छ भन्ने कुरा हुँदैन । र कुनैपनि हालतमा अधिबेशन हुनुपर्छ । म बाग्लुङ जिल्ला कार्यसमितिकिो अध्यक्षको हैसियतले अब पनि अधिबेशन कुनै कारणबस नभए यसले स्वयं युनियन (संघ)लाई नै घाटा हुन जाने देखेको छु ।
आधिकारिक ट्रेड युनियनले अझै सम्म काम गर्न सकेको छैन के यो फेल भएको हो ?
निजामति सेवामा रहेका कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्छ भन्ने नेपाल निजामती कर्मचारी युनियनको नेपाल सरकार समक्ष सदैव पहिलो मागको रुपमा रहँदै आएको सवैमा विदितै छ । सरकारलेपनि विभिन्न संगठनहरुसँग सौदावाजी र समन्वय गर्न अप्ठेरो महशुस गरिरहेकाबेला युनियन (संघ) को प्रमुख एजेण्डालाई सम्बन्ध गर्न बाध्य हुनुपर्यो । यसै सिलसिलामा ट्रेड युनियनको निर्वाचन भएतापनि प्रथम स्थानमा निर्वाचित कर्मचारी संगठनको अर्कमण्यता र अदूरदर्शिताको कारण यसले खासै गति र पेशागत हकहितमा काम गर्न सकेको देखिदैन ।
यस अवस्थामा आधिकारिक ट्रेड युनियको एक असली हकदार नेपाल निजामती कर्मचारी युनियनले आगामी केन्द्रिय महाधिबेशन गरी सबल, सक्षम र असल नेतृत्वले उक्त गतिहिन आधिकारिक ट्रेड युनियनलाई अझ गतिशिल र पेशागत हक हितको पक्षमा अग्र भागमा उभाउन सक्षम हुने छ भन्ने विश्वास लिएको छु ।
सातौँ महाधिबेशनबाट कस्तो नेतृत्वको अपेक्षा गर्नुभएको छ ?
मुलुक अहिले संघियतामा प्रवेश गरिसकेको र निजामती सेलवालाई समेत यो अनुकुल परिमार्जन गर्नुपर्ने अवस्थामा अब नेतृत्व लिएर मात्र परिचित हुन खोज्ने काम गर्ने बेलामामा अधिकार प्रत्योजन गर्न खोज्नेका दिन गए । अब संघिय मोडलमा निजामती सेवालाई अंगिकार गर्दै पेशागत हकहितमा काम गर्न सक्ने, नेतृत्व लिइ सवैलाई समन्व्य गर्न सक्ने र सवै कर्मचारीलाई तोप्न सक्ने र संगठनलार्य परिवर्तित सन्दर्भमा गतिशिल र डायानामीक बनाई अबको आधिकारिक ट्रेड युनियनमा प्रथम स्थान हासिल गराउने र प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न सक्ने तथा आफू होइन आफ्ना कर्मचारीहरुको समेत मान मर्यादा राख्न सक्ने ले नेतृत्व लिनुपर्दछ भन्ने मेरो बुझाई छ ।
कर्मचारी जनताप्रति पूर्ण उत्तरदायी भएर काम गर्दैनन भन्ने आम गुनासो पनि छ त ?
पहिला हामी नेपाली हौँ त्यसपछि हामी सेवा प्रदायक( कर्मचारी) हौँ त्यसकारण हामीले पहिला नेपाल र नेपालको हित हुने गरी का गर्नुपर्दछ । हामी सेवा प्रदायक भएकै कारण हामीहरुले जनतालाई सेवा प्रदान गर्ने सन्दर्भमा आफू र आफ्नो संगठनको पहिचान हुने गरी निष्पक्षता, तटस्थताका साथ मुस्कान सहित जनतालाई सेवा दिनुपर्दछ । जहाँसम्म संघियतामा कर्मचारीहरुको व्यवस्थापनको विषय छ सो सम्बन्धमा कर्मचारीलाई छनौटको सुविधा दिनुपर्दछ । नकि उ जबरजस्ती अपायक स्थानमा सरुवा हुनुपरोस साथै उको संघिय प्रणालीमा जागिर खाएकोलाई बर्तमान सन्दर्भमा छनौट बिना प्रदेश र स्थानीय संरचनामा लग्नु उसको संवैधानिक हक भित्र पर्दैन जस्तो मेरो बुझाई छ । त्यसकारण छनौटको अबसर दिनुपर्दछ भन्ने मलाई लाग्छ । स्थानीय निकायमा समेत लोकसेवा आयोगको जुन प्रदेशको पनि हुन सक्छ बाट मात्र पदपुर्ति गर्नुपर्दछ ।
गाउँ पालिका र नगरपालिकामा कर्मचारी खटाउँदा के गर्नुपर्ला जस्तो लाग्छ ?
हाल स्थानीइय निकायको पुर्नसंरचना गर्दा नयाँ कायम भएका गाउँपालिका र नगरपालिकाहरुमा कर्मचारी खटाउँदा दरबन्दीको स्पष्ट खाका सहित छनौटको सुविधा, पायक पर्ने कर्मचारीलाई प्राथमिकता दिनुपर्दछ । साथै सो विषयमा स्थानीयस्तरमा नै जाने हो भने कमसेकम लामो समय काम गरेको कर्मचारीलाई एक तह बढुवाको अबसर पनि दिनुपर्दछ ।
कर्मचारीहरुले जनताको सेवा गर्ने कि ट्रेड युनियनको नाममा राजनीति गर्ने ?
कर्मचारीहरुको प्रमुख काम भनेकै जनता (सेवाग्राही) लाई प्रभावकारी ढंगले सेवा प्रदान गर्ने हो । यसले आमरुपमा दिने सेवा तटस्थता र निष्पक्षता, छिटो छरितो र गुणस्तरिय हुनुपर्दछ भन्ने नै हो । ट्रेड युनियनको नाममा राजनीति गर्ने भन्ने विषयमा निजामती सेवा ऐनले नै पेशागत हक को सुरक्षा र अधिकारको लागि सरकारसँग सौदावाजी गर्ने ट्रेडयुयिनको अधिकार प्रदान गरेको छ । कर्मचारीहरुको हक हितको पक्षमा काम गर्ने भनेर आधिकारिक ट्रेड युनियनको गठन भइ पहिलो निर्वाचन समेत भइसकेको छ । यसमा फरक फरक आस्था र विचार बोक्ने राष्ट्रियस्तरका कर्मचारी संगठनहरुमध्यबाट निर्वाचित भइ आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने हो सो कारण फरक फरक हुनु भनेको दलको राजनीति गर्ने होइन की आफ्ना संगठनहरुलाई अगाडी बढाउन प्रयास गर्ने हो । समानुपातिक प्रतिनिधित्वको आधारमा प्रथम स्थानमा निर्वाचित भई पेशागत हक हितकालागि नेपाल सरकारसँग सौदावाजी गर्नु हो ।
अन्त्यमा केही थप भन्न चाहनुहुन्छ ?
नेपाल निजामती कर्मचारी युनियन (संघ)लाई समयानुकुल परिवर्तन र सवै कर्मचारको भरोसा र आस्थाको केन्द्र बनाउन सक्ने खालको नेतृत्व चयनकोलागि सो महाधिबेशन समयमानै सम्पन्न गरौँ भन्ने मेरो चाहना छ । जुन आम लोकतन्त्रमा विश्वास गर्ने कर्मचारीहरुको प्रतिनिधित्व गर्दछ । त्यसकारण सबैको भावना समेट्न सक्ने र सक्षम नेतृत्वको पहिचान गरेर मात्र विजयी गराउँ भन्ने सबै महाधिबेशन प्रतिनिधी र अध्यक्षहरुलाई अनुरोध छ । साथै नेपाल निजामती कर्मचारी युनियन (संघ) लाई आम कर्मचारीको भरोसाको केन्द्र बनाउ ।
प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार १४:४७