सुर्खेत, २९ फागुन । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले रेडक्रस एन.जी.ओ. नभएर विशुद्ध रुपमा मानवीय संस्था भएकोले रेडक्रसको आफ्नै पहिचान रहेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीे जिल्ला शाखा, सुर्खेतको आयोजना र उपशाखा सालकोटको आतिथ्यतामा पलैँटेमा जिल्ला सभाको ३६औं अधिवेशनमा बोल्दै उपाध्यक्ष ऐरले जहाँ दुःख त्यहाँ रेडक्रस हुने भएकोले रेडक्रस मानवको हक हित, अधिकार, राहत वितरण लगायतका मानवीय काममा निष्पक्ष र तटष्ठ भएर काम गरिरहेको बताए ।
अधिवेशनको बन्द सत्रमा शाखाका मन्त्री प्रदीप्त पौडेलले २०७२÷७३ को वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्ष २०७४÷७५ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष बलराम रेग्मीले २०७२÷७३ को बार्षिक आर्थिक प्रतिवेदन र आगामी बर्ष २०७४÷७५ का लागि ५३ लाख ६० हजार ४ सय रूपँैयाको प्रस्तावित आय व्यय प्रस्तुत गरेका थिए ।
आगामी जिल्ला सभाको ३७ औं चुनावी अधिवेशन आतिथ्यताकालागि लेखफर्सा, छिन्चु, राकम, इत्राम लगायतका उपशाखाहरुबाट माग भएकोमा उपशाखाको प्रतिवद्धता र क्षमताको विश्लेषण गरी जिल्ला शाखाले निर्णय गर्ने जिल्ला सभापति रामलाल आचार्यले बताए ।
साथै अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतमा विगत लामो समय देखि स्वंमसेवामा तल्लीन २ जना स्वंमसेवकहरुलाई प्रमाण र दोसल्ला ओढाएर सम्मान गरिएको छ, निवर्तमान सभापति लिलाराम सुबेदी र रेडक्रस सुर्खेत शाखाको एम्बुलेन्स चालक ससबहादुर मन्दिरलाई सम्मान गरिएको हो ।
प्रकाशित मिति: २९ फाल्गुन २०७३, आईतवार ०९:३८