नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्कीअचारको रिमिक्स भर्सन बजारमाआएको छ । बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।
रिमेक भर्सन ‘सिन्कीअचार’ गीतमा बिनोद राज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोद राज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहहित यस् गीतबाट गायक धेरै आशाबादी रहेका छन । गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीत मार्याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।
टेलेभिजन मिडियामा जमेका भिजे रिजन थापा र पछिल्लो समयकीचर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन, साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत, कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आ–आफ्नो प्रस्तुती दिएका छन । भिडियोलाई सन्दिप भूजेलले क्रोरियोग्राफी गरेका छन् ।
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन् । ढुंगेल पछिल्लो समयका रुचाईएका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।
हेर्नुहोस् म्युजिक भिडियो ।
प्रकाशित मिति: १४ फाल्गुन २०७३, शनिबार १६:२७