दैलेख, २ फागुन । दैलेखमा एक वर्ष यता खेलक्षेत्रमा निकैनै फड्को मारेको छ । राष्ट्रिय दिवसहरुमा वर्षको एक दुई पटक मात्र खेल संचालन हुने गरीएकोमा हाल जिल्लामा प्रत्येक महिना जस्तो जिल्ला स्तरीय खेलहरु हुने गरेको छ । गाउँ गाउँमा विभिन्न क्लवहरु देखि लिएर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने खेलहरुले गर्दा जिल्लामा खेलाडिहरु उत्साहित भएका छन् ।
यसैक्रममा गत माघ २१ गते देखि २९ गतेसम्म संचालन भएको नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २९ गते सम्म संचालन भएको थियो । जिल्लाका तीस भन्दा वढि माध्यमिक विद्यालयहरु सलग्न भएको प्रतियोगिताको क्षेत्रीय प्रतियोगिता दैलेखको दुल्लुमा र फाईनल प्रतियोगिता अवलपराजुल गाविसको सिता जनसहयोग उच्च माध्यमिक विद्यालयमा गरिएको थियो ।
पहिले पहिले जिल्ला सदरमुकाममा मात्र संचालन हुने खेलकुद प्रतियोगिता पछिल्लो समयमा आएर जिल्लाको खेलमैदान र खेलाडिहरुलाई खान र वस्न सकिने बजार भएको गाउँका विद्यालयहरुमा हुन थालेपछि गाउँबाट पनि खेलकुदमा ईच्छुक खेलाडिहरु वढि भन्दा वढि सहभागी भएको खेलकुद विकास समिति दैलेखका अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए । एथलेक्टिक, कपडि महिला, कपडि पुरुष, भलिवल महिला, भलिवल पुरुष, कराते, टेकाण्डो, उस्सु, चेस, वागचाल प्रतियोगी गरि चालिस भन्दा वढि खेलहरु समावेस गरिएको थियो ।
नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा करिव वाह्सय भन्दा वढि खेलाडिहरुको सहभागी रहेकाले पनि जिल्लामा खेलप्रतिको लगाव र माया अनि पछिल्लो समयमा जिल्ला खेलकुद विकास समितिले गरेको सक्रिय भूमिकाले गर्दा उत्साहजनक खेल सम्पन्न भएको आयोजकको भनाई छ । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय वईरीले प्रथम पुरस्कार पचास हजार नगद र सिल्ड, सिता जनसहयोग उच्च माध्यमिक विद्यालय अवलपराजुलले नगद पच्चिस हजार र अरनीको माध्यमिक विद्यालय चौराठाले नगर पन्ध्रहजार तृतीय पुरस्कार प्राप्त गरेका थिए।
खेलकुदको क्षेत्रमा दैलेख जिल्लाले यस क्षेत्रमा रहेका पन्ध्र जिल्लामा प्रथम भएको भन्दै क्षेत्रीत्रय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जिल्लाको खेलक्षेत्रमा दैलेख जस्तो पहाडी जिल्लाले अन्य जिल्लाको तुलनामा खेल क्षेत्रमा गरेको योगदानको कदर हुने बताए ।
व्यक्तिगत शारीरिक स्वस्थता र राष्ट्रको पहिचानको लागी खेलकुद सवैको लागि अपरिहार्य रहेको बताउँदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थ नारायण श्रेष्ठले खेलक्षेत्रमा वच्चा देखि वुढासम्म खेलकुद खेल्नु भनेको आफ्नो स्वास्थ्य वलियो वनाउनु र फूर्तिलो हुने जानकारी दिए ।
जिल्लामा खेलकुदका लागि आवश्यक पर्ने कवर्डहल, फुटवलका लागि चाहिने फुटवल मैदान नहुदा निकैनै गाहे भएको वताउँदै अध्यक्ष श्रेष्ठले सरोकारवाला निकायसँग आवश्यक पूर्वाधारका लागि सहयोग गरिदिनु अनुरोध समेत गरेका छन् ।
प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार १७:३१