काठमाडौं । सरकारले भक्तपुरका भूकम्पपीडित (लाभग्राही) लाई निजी आवास पुनर्निर्माणका लागि आज (आइतबार) देखि पहिलो किस्ताको अनुदान रकम वितरण गरिरहेको छ ।
अनुदान सम्झौतासहित सबै प्रक्रिया पूरा गरेका १८ हजार परिवारलाई आज पहिलो किस्ताको रकम उपलब्ध गराउन लागेको हो । जिवसले अनुदान सम्झौता भएका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन बैंकमा पैसा पठाइसकेको छ ।
भक्तपुरमा रहेका विभिन्न २६ बैंकबाट उनीहरु सबैलाई अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउन लागेको हो । भूकम्पबाट भक्तपुरमा करिब २६ हजार परिवार विस्थापित भएका थिए ।
प्रकाशित मिति: ९ माघ २०७३, आईतवार १३:१७