एजेन्सी । पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान १० बजे गएको भूकम्पका कारण सुनामी आउन सक्ने चेतावनीसमेत दिइएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार सोलोमन द्विपको १६७ मिटर गहिराइमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको यकिन विवरण भने अझै आएको छैन ।
प्रकाशित मिति: ९ माघ २०७३, आईतवार १३:१६