नेपालगञ्ज । नेपाली पत्रकारिताका एक अग्ला हस्ती पन्नालाल गुप्तबारे पत्रकार सन्तोष रेग्मीले वृत्तचित्र चाचाजी निर्माण गरेका छन् ।
नेपालगञ्जको परिवेशमा २०११ सालको कठिन अवस्थामा पत्रकारिता प्रारम्भ गरेका गुप्तले पत्रकारितामै पूरै जीवन समर्पित गरेका छन् । वृत्तचित्रले चाचा नामले चिनिनु हुने पत्रकार गुप्तका जीवनका विभिन्न पाटा उठान गरेको निर्माता/निर्देशक रेग्मी बताउँछन् । ८८ वर्ष पुगिसकेका पन्नालाल गुप्त आज पनि पत्रकारितामा उत्तिकै सक्रिय छन् । आफैं समाचार लेख्ने, आफैं कम्पोजिङ गर्ने, आफैं छाप्ने र वितरणसम्मको काम आफैं भ्याउने उनको परिचय आज पनि उही रुपमा जारी छ ।
८८ वर्ष पुगिसकेका पन्नालाल गुप्त आज पनि पत्रकारितामा उत्तिकै सक्रिय छन् । आफैं समाचार लेख्ने, आफैं कम्पोजिङ गर्ने, आफैं छाप्ने र वितरणसम्मको काम आफैं भ्याउने उनको परिचय आज पनि उही रुपमा जारी छ ।
वृत्तचित्रमा खासगरी, कठिन अवस्थामा पनि उनले आफ्नो पत्रकारिताप्रतिको धर्म कसरी निर्वाह गरेका थिए । आजको औद्योगिक पत्रकारिताको बीचमा पनि उनको पत्रकारिताप्रतिको दृष्टिकोण कस्तो छ आदि वृत्तचित्रमा समेटिएको छ ।
२०११ देखि २०१७ सालसम्म फरक ढंगको पत्रकारिताको स्वतन्त्रताको अनुभव गरेका गुप्तले पत्रकारितामा समर्पित हुँदा २०१७ सालयता भोग्नु परेका विभिन्न समस्या, यातना, अभाव, संघर्ष वृत्तचित्रमा समेटिएको छ । २०१७ सालपछि मिशन पत्रकारिता शुरु गरेको र त्यसका लागि आफ्नै सम्पादनमा २०३१ मा साप्तिाहिक किरणको प्रकाशन थालेका गुप्तको पत्रकारिताको यात्रा अनवरत रुपमा जारी छ ।
पत्रकारितामा लागेकै कारण व्योहोर्नु परेका विभिन्न समस्याका साथै आज ८८ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय चाचाजीको जीवन सबैका लागि प्रेरणादायी हुन सक्छ भन्ने दृष्टिले वृत्तचित्र निर्माण गरिएको पत्रकार रेग्मी बताउँछन् । यो उमेरमा पनि साइकल चढेर पत्रकारिताका यावत् काम गर्ने जाँगर कसरी आएको छ भन्नेमा वृत्तचित्र केन्द्रित छ ।
वृत्तचित्रमा पन्नालाल र उनको पत्रकारिताप्रतिको उनकी श्रीमति, समकालीन, साथीभाइ, नेपालगञ्जस्थित पत्रकारिताका अगुवा एवं नेपालकै पत्रकारिताका केही हस्तीहरुका भोगाई, अन्भव, अनुभूति र दृष्टिकोणसमेत समेटिएको छ ।
पत्रकारिताका नयाँ पुस्तालाई प्रेरणा र इतिहास बारेको जानकारी हुने भएकाले वृत्तचित्रको देशव्यापी प्रदर्शनीको तयारी भैरहेको निर्देशक रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति: ८ माघ २०७३, शनिबार १४:४०