पाँचथर ५ माघ । जिल्लामा उत्पादन भएको र भण्डारणमा विषादी प्रयोग भएको भन्दै अदुवा बिक्री नहुँदा किसान मर्कामा परेका छन् ।
भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस महिना अदुवा खनेर बिक्री गर्ने समय हो ।
गतवर्ष यही याममा अदुवा प्रतिकिलो ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो १० भन्दा बढी दिन नमानेको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेलले बताए ।
भण्डारण गरेको अदुवा बिग्रने किसानलाई चिन्ता छ । धानखेती छोडेर अदुवा खेतीतर्फ लागेका सराङडाँडा– ५ का भक्त चौहानले अदुवा किन्न व्यापारी नआउँदा मारमा परेको बताए ।
प्रकाशित मिति: ५ माघ २०७३, बुधबार १७:४५