दाङ, ५ माघ । दाङको खेलकुदको विकासकालागिआयोजना गरीएको मध्यपश्चिमब्यापारिक, सांस्कृतिकतथापर्यटन महोत्सब २०७३ सञ्चालनहुने स्थलमाआज सरसफाई गरीएको छ । महोत्सब स्थल घोराहीनगरपालिका ५ नवलपुरमाआज सरसफाई गरीएको हो । घोराही स्थित नेपाली सेनाको रिपु मर्दन दल गण, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र स्थानिययुवाहरुको सहभागितामा सरसफाई गरीएको हो ।

यहि माघ २७गते देखि फागुन ९ गते सम्मनवलपुरमा सञ्चालनहुने महोत्सब स्थलको सरसफाई गरीएको हो । नेपाली सेना, वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयकाप्रहरी जवानहरु र स्थानिययुवाहरुले महोत्सब स्थलमा रहेको फोहोर संकलन, झारहरु उखेल्ने, जलाउने र मैदान सम्याउने काम गरेको महोत्सबमुलआयोजक समितिअन्र्तगतप्रचारप्रसार समितिका संयोजकनवीनअभिलाषीले जानकारी दिए ।
नवजागरण नेपालको मुख्यआयोजनातथानवलपुर युवाक्लबको सहआयोजनामा घोराही ५ स्थित नवलपुरमा १२ दिन सम्म सञ्चालनहुनथालेको महोत्सबको स्थलमा बाउण्ड्री गर्ने काम भैरहेको छ । २ सय ५० भन्दा बढि स्टलहरु रहने महोत्सबमाअहिले स्टल निर्माणको काम समेत सुरु भएको छ । ५० भन्दा बढि स्टलहरुमा ब्यापारिक सामग्रीहरु राखिने र बाकि स्टलहरुमा स्थानियउत्पादन संग सम्बन्धीत स्टलहरु, कृषिउपज, स्थानियकला सस्कृति, भाषा र पर्यटनहरुको प्रचारप्रसार, स्थानिय सामाजिक संघसस्थाहरुको लागिनिशुल्क स्टलहरु व्यवस्थापन गरीने महोत्सबमुलआयोजक समितिका संयोजकयमबहादुर पुनले बताए । ५० रुपैया प्रबेश शुल्क रहेको महोत्सबमाविद्यार्थीहरुलाई ४० र जेष्ठ नागरीकहरुलाई भने निशुल्कप्रबेशको ब्यबस्थामिलाईएको छ ।
व्यवसायीकप्रर्बद्धन, स्थानियकला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकिय सम्पदाहरुको पहिचान, विकास र प्रचारकालागिआयोजनागर्न थालिएको महोत्सबमालागु औषधन्युनिकरणका लागिविभिन्नकार्यक्रमहरु पनि सञ्चालन गरीने आयोजकले बताएको छ । लागु औषध विरुद्ध सम्पुर्ण युवाहरुलाई एकजुट बनाउनमहोत्सबको माध्यमबाट पनि सहयोग पु¥याउने उदेश्यले त्यसक्षेत्रमाकामगर्दै आउनु भएका ट्रान्सफर्मेसन्स काठमाण्डौका सन्तोष घिमिरेलाई प्रशिक्षकको रुपमा आमन्त्रण गरीएको आयोजकले बताएको छ ।
खेलकुद मैदाननिर्माण सहयोगार्थ सञ्चालनहुनथालेको महोत्सबकाअबसरमा खेल क्षेत्रमालामो समय देखि योगदानदिएकाविभिन्नब्यक्तितथा संघसस्थाहरुलाई सम्मान गरीने भएको छ । यसको साथै महोत्सबको आकर्षणको रुपमादाङमै पहिलो पटक हात्ती, उँट र चौरीगाईलाई ल्याउने महोत्सबमुलआयोजक समितिका संयोजकयमबहादुर पुनले बताउनुभयो । हात्ती र उँटमा चढेर महोत्सबको अबलोकनगर्ने ब्यबस्थामिलाईएको छ । नेपालकै होचीमहिला ईश्वरीमाया छिनाल पनिआकर्षणको रुपमा रहने आयोजकले बताएको छ ।
प्रकाशित मिति: ५ माघ २०७३, बुधबार १७:२९