काठमाडौं, ५ माघ । भूकम्प पीडितले घर निर्माणको लागि दोस्रो किस्ताबापट डेढ लाख रुपैँया आजबाट पाउने भएका छन् । सरकारले आजबाट पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुलाई दोस्रो किस्ताको रकम दिन सुरु गर्न लागेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गर्दैछ । दुई जिल्लाबाट दोस्रो किस्ताका लागि करिव ३०० पीडितको नाम सिफारिस भएको छ ।
प्रकाशित मिति: ५ माघ २०७३, बुधबार १०:२७