अष्ट्रेलिया । कहिलेकाँंही तनले नभ्याएपनि मनले सगरमाथा चढ्नेहरु हाम्रा समाजमा प्रसस्तै भेटिन्छन् । भन्न खाजेको के हो भने, समाजमा कतिपय यस्ता सवालहरु छन जँंहा तपार्इको सानो सहयोग पनि कतिपय उत्कृष्ट मनहरु गदगद हुने गर्छन् । कुरो हो अन्टार्टिकाको यात्राको ।
बिश्वकै सबै महादेशका अग्ला चुचुरामा पुग्ने लक्ष्य बोकेका आरोही सन्जय पण्डितले आफ्ना सबै किर्तिमानहरु पछि अन्टार्टीकाका छिचोल्ने निर्णय गरे । अन्टार्टिका जानु र त्यहाँको सर्बोच्च शिखर चढ्नु जो कोहीको लागि पनि सहज छैन । आर्थिक हिसाबमा पनि करिब एक करोडको खर्च लाग्ने यो अभियानका सारथी थिए सन्जय ।
हिमाल चढ्ने धुनमा रन्थनिएका सन्जयले राज्य, संस्था अनि ब्यक्ति गुहार्दै हिँडे । बाहुनको छोरोको सेभेन समिट अभियान कठिन मात्र हैन असम्भव नै थियो । करिब डेढ वर्षको प्रयासमा सन्ज्यले घरबार धितो राखेर पनि अन्टार्टिका चढने निधो गरे । यसै बिच साना तिना सहयोगको क्रममा उनि पुगे, टीबीएस ग्रुपमा । सुनेका थिए, गोरखाको तान्द्राङका एक जना नेपाली जसले जापान थर्काएका छन् भनेर एनआरएन ग्लोबलका उपाध्यक्ष समेत रहेका टीबिएस ग्रुपका प्रमुख भवन भट्टको समिपमा पुगेका सन्जयले उनिवाट सहयोगसँंगै उत्साह र उमंग पाएको अनुभव गरे ।
उनलार्इ लाग्यो धन मात्र हैन, मनले पनि मिशन ठुलो हुनुपर्छ भनेर । सन्जयले एकपछि अर्को जिवनका सफलताका खुटकिलाहरु उक्लेका कथाहरु पढे । अनि उनलाई लाग्यो साच्चीकै भवनलाई पनि तनले नभएपनि मनले भएपनि शिखर पुर्याउने सोच बनाए । के थियो उनको साहसिक यात्रामा भवनको फोटो र उनको बिश्वब्यापी नारा अतिथि देबो भवको ब्यानर लिएर पुगे अन्टार्टीकाको भिन्सो मासिफ ।
मलाई लाग्यो एउटा नेपालीले बिदेशमा गएर कमाएको ख्याती र उसले गरेका राम्रा कार्यको प्रशंसा गर्नुपर्छ । त्यसैले मलै उनको फोटो र नारा अंकित ब्यानर को टाकुरामा फर्फराए । अतिथी देबो भव नारा लिएर बर्षेनी हजारौ पर्यटकलाई नेपाल भित्राउने उनको योजना र जापानमा गएर एउटा नेपालीले कमाएको सफलतालाई मैले अन्टार्टीकाको चुचुरोमार्फत सम्वोधन गरेको हुँं । सन्जयले आफ्नो प्रतिक्रिया यसरी दिए ।
मिशन तनले धेरै ठाउँमा चाहेर पनि पुग्न सक्दैन तर उसको सामािजक र आर्थिक कार्यले उसलाई मनको माध्यमवाट पनि त्यहा पुर्याउने गरिन्छ । बिश्वव्यापी चलन छ, कयैन राजनेताहरुले डाक्टरको पदवी पाएको र मानार्थको उपाधि धारण गरेको । यो एउटा अलग र फरक प्रसंग पनि हो, तपार्इको असल कार्यले अरुको मन जित्दै गर्दा कमाउने ख्याती बेग्लै र मनमोहक हुने गर्छ ।
सातौ महादेशका रुपमा चिनिएको चिसो अन्टार्टीकाको भिन्सोन मासीफको सफल आरोहण गरेपछि सन्जयले नेपालको झण्डा पनि फहराएका थिए । कहिले उल्टो हिमाल चढेर होस् वा कहिले हिमालमा अर्ध नग्न भएर किर्तिमान राखेका संजयले यसपटक भादगाउले टोपीका साथ अन्टार्टीका टाकुरा चढेका थिए ।
प्रकाशित मिति: २ माघ २०७३, आईतवार ०७:५६