काठमाडौं, १६ पुस । कांग्रेस नेता प्रकाशमान सिंहले अहिले दलहरुका बीचमा पद्दती जाेगाउनु नै मुख्य चुनाैति भएकाे बताएका छन् । उनले भने–समयकाे माग जनताकाे चहाना र अावश्यकता अनुसार सुधार गर्दै जान सकिने जुन व्यवस्थामा रहेर अहिले दलहरुका बीचमा संशोधनका बिषयमा रसाकस्सि चलेरहेकाे छ, यदि याे व्यवस्था नै जाेगाउन नसके बाँकी सबै कुरा गाैण हुने भएकाले प्रमुख दलहरु जिम्मेवार बन्नु पर्छ।
राष्ट्रिय मेलमिलाप दिवसकाे अवसर पारेर २०४२ सालका सत्याग्रहीहरुकाे समानमा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ८ ले अायाेजना गरेकाे कायक्रम मा बाेल्दै कांग्रेस नेता सिंहले संविधान संशोधनलाई प्रक्रियामा जानबाट राेकेर बिपक्षी दलले संसदीय अभ्यासलाई कमजाेर बनाउन लाग्न नहुने बताए । उनले प्रक्रियाबाटै यसकाे छिनाेफानाे गर्न दिनु पर्ने समेत जिकिर गरे ।
कांग्रेस नेता सिंहले संविधान संशोधन प्रक्रियामा गए समस्याकाे समाधान अाउने र मुलुक निर्वाचनमा जान वातावरण समेत तयार हुने बताए । उनले भने–यति बेला प्रमुखदलहरुले जसरी वीपीले दल भन्दा माथि उठेर राष्ट्रियताकाे बिषयमा मेलमपलापकाे नीति लिनु भयाे अाजका दिनमा यहि कुरालाई मनन् गरेर प्रमुखदलहरुले निर्णय लिने बेला अाएकाे छ ।
फरक प्रसंगमा बाेल्दै नेता सिंहले ०४६ पछि पार्टीभित्र पावर पाेल्टिक्स सुरु भएकाे र मुल्यमान्नेताकाे राजनीति गर्नेहरु पाखा लाग्न थालेकाले पार्टीभित्र सत्याग्रह जस्ताे कठाेर काल खण्ड भाेगेका नेताहरु अाेझेल परेकाले यसलाई सुधार्न नसके पार्टी कम्जाेर हुने समेत बताए ।
कार्यक्रममा बाेल्दै उधाेग मन्त्री नबिन्द्र राज जाेशीले सरकार अब संविधान कार्यन्वयनका लागि निर्वाचनकाे तयारीमा जुटिसकेकाे बताए । कार्यक्रकमा बाग्मती अन्चलबाट ०४२ सालमा सत्याग्रही भएर जेल गएका २०० जनालाई सम्मान गरिएकाे थियाेभने कांग्रेस काठमाडौका सभापति सबुझ बानिया, तरुण दल सभापति जितजंङ बस्नेत लगाएतले अाफ्नाे धारणा ब्यक्त गरेका थिए । अाज रास्टिय मेलमिलाप दिवसकाे अवरमा देश भर विभिन्न कार्यक्रमहरु भैरहेका छन् ।
प्रकाशित मिति: १६ पुष २०७३, शनिबार १४:४९