इटहरी, १० पुस । एथलेटिक्स अन्तर्गत आज भएको ज्यावलिन थ्रोको पुरुष तर्फ नेपाल आर्मीका रामबहादुर कुमालले स्वर्ण पदक जितेका छन् ।
इटहरी रंगशालामा भएको प्रतियोगितामा कुमालले ५६ दशमल ८८ मिटर दुरी राख्दै स्वर्ण पदक जितेका हुन ।
यसैगरी नेपाल पुलिसका नरेन्द्र जंग शाहले ५३ दशमलब ४ मिटरका साथ रजत र सशस्त्र प्रहरीका प्रेमप्रकाश खड्काले ५१ दशमलब ६८ मिटरका साथ कास्य पदकमा चित्त बुझाए ।
लङजम्प लंङजम्प अन्र्तगत महिला तर्फ नेपाल पुलिसकी केशरी चौधरीले स्वर्ण पदक जितेका छन् । केशरीले ५ दशमलब ०५ मिटर जम्प गरेकी थिइन ।
यस्तै आर्मीकी कृष्णा चौधरीले ४ दशमलब ९४ मिटर जम्प गर्दै रजत र सशस्त्र प्रहरीकी शिला चौधरीले ४ दशमलब ८४ मिटरका साथ कास्य पदक जित्न सफल भइन् ।
एथलेटिक्स अन्र्तगत लंङ जम्प पुरुषमा नेपाल आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जिते । उनले ६ दशमलब ९१ मिटर जम्प गरेका थिए ।
त्यसैगरी नेपाल पुलिसका गोपाल चौधरीले ६ दशमलब ५९ मिटरका साथ रजत र पुलिसकै चन्द्रदेव जोशीले ६ दशमलब ३८ मिटरका साथ कास्य पदक जिते । १ सय १० मिटर हडल्स एथलेटिक्स अन्र्तगतै एक सय दश मिटर हडल्स दौडमा पुरुष तर्फ आर्मीले स्वर्ण पदक जितेको छ।
आर्मीकालागि विशेष महतोले १५ दशमलब ८५ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् । रजत पदक पनि आर्मीलेनै जितेको छ । आर्मीकौ रामप्रसाद थारुले १६ दशमलब ५४ सेकेण्डका साथ रजत जित्दा नेपाल पुलिसका चन्द्रदेब जोशीले १७ दशमलब ४३ सेकेण्डमा दुरु पार गर्दै कास्य पदक जिते ।
प्रकाशित मिति: १० पुष २०७३, आईतवार १७:१८