पोखरा, ९ पुस । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले सन्तनेता कृष्णप्रसाद भट्टराई निःस्वार्थ, देशभक्त र आदर्श पुरुष भएको बताएका छन् ।
काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री भट्टराईको ९३ औँ जन्मजयन्तीका अवसरमा काँग्रेस कास्कीले शुक्रबार आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले भट्टराईले कहिल्यै पार्टी र राष्ट्रलाई कमजोर पार्ने काम नगरेको धारणा राखे ।
अहिले पार्टीभित्रबाटै विश्वासको सङ्कट उत्पन्न हुन थालेकामा चिन्ता व्यक्त गर्दै उनले यसले पार्टी कमजोर हुँदै राजनीतिक अस्थिरता बढ्दै जाने विचार व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसका नेता शुक्रराज शर्माले कार्यकर्तामा निष्ठा र आदर्श भए मात्र पार्टी बलियो हुने बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालले पार्टी सङ्गठन बलियो बनाउन गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए ।
रासस