बनेपा, ७ पुस । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा आउने विरामीलाई सहयोग पुर्याउन विदेशमा रहेका एक दम्पतिले ह्वीलचियर सहयोग गरेका छन् ।
काभ्रेको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा उपचार गराईरहेको आफ्नो भतिजलाई हेर्न आउँदा ह्वीलचियरको अभावमा शौचालय जान समस्या भएको देखेका एक दम्पतिले अस्पताललाई ५ थान ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।
अमेरिकाको न्यू ह्याम्स आरमा बसोबास गर्ने लाक बहादुर लामा र उनका धर्म पत्नि सुमित्रा लामाले नेपाल प्रेस यूनियनका केन्द्रीय सल्लाहकार शिव लम्सालको समन्वय तथा नेपाल प्रेस युनियन काभ्रे शाखाको पहलमा अस्पताललाई ह्वीलचियर हस्तान्तरण गरेका हुन ।
ह्वील चियर नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य र सहयोगी सुमित्रा लामाले अस्पतालका कार्यकारी निर्देशक कृष्ण भट्टराईलाई सयुक्त हस्तान्तरण गरेका थिए । नेपनली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले अस्पतालको प्रगतिमा सहयोग उपचारमा रहेका विरामीलाई सहयोग पुर्याउन ह्वीलचियर याउने बताए । कार्यक्तममा बाराको कोलहवी नगरपालिका हनुमान गञ्ज स्थाई ठेगाना भएका सुमित्रा लामाले तत्कालै ह्वीलचियर सहयोग गरेपनि अस्पताललाइ अन्य सयोग गर्ने बताइन् ।
हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष भर्मेन्द्र झा, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय महासचिव शिव लम्साल, पर्यटन व्यवसायी केशवमान श्रेष्ठ, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला, अरनिको टेलिभिजनका एमडी शंकर अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार ०८:४०