काठमाडौं । स्वास्थ्य मन्त्रालयले आफूमातहतका स्वास्थ्य निकायलाई बिहान १० देखि साँझ ५ बजेसम्म बहिरंग सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।
मन्त्रालयले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यस्थलमा अनिवार्य पोसाक तथा परिचयपत्र लगाएर कार्यसम्पादन गर्नुपर्ने निर्देशनसमेत जारी गरेको छ ।
यस्तै मन्त्रालयले टिकट काउन्टरअगाडि सबैले देख्ने गरी डाक्टरले दिने सेवा र समय उल्लेख गरी राख्नुपर्ने निर्देशनसमेत दिएको छ ।
प्रकाशित मिति: ६ पुष २०७३, बुधबार ११:५३